३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा बञ्जीजम्प

पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा बञ्जीजम्प
file
अ+ अ-

चौतारा । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले हेलम्बुमा ‘बन्जी जम्प’ को संरचना निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका–१ मा निर्माण भएको झोलुङ्गे पुलमा साहसिक खेल ‘बन्जीजम्प’ को संरचना निर्माण सम्पन्न भएको हो ।

एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख खर्च भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार बञ्जीजम्पको उचाइ एक सय ७३ मिटर र झोलुङ्गे पुल तीन सय ७० मिटर लामो रहेको छ ।

सो स्थानमा बञ्जीजम्प निर्माण भएसँगै पर्यटक आगमन बढने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानकोसमेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सम्भवतः देशको हालसम्मकै लामो रहेको गाउँपालिकाका इञ्जिनियर शेरबहादुर राईले बताउनुभयो । उहाँका अनुसार देशमा हाल दुई सय ५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन । हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइएको झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ ।

नेपालमा एक सय ६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोसी नदीमा विसं २०५६ देखि सञ्चालन हुदै आएको छ । हेलम्बुमा निर्माण भएको बञ्जीको उचाइ भोटेकोसीको तुलनामा १३ मिटर बढी रहेको छ ।

सरकारको सय पर्यटकीय गन्तब्यमा परेको हेलम्बुमा पर्यटकलाई थप आकर्षण गर्न साहसिक खेलकुद बञ्जीजम्पको संरचना निर्माण गरिएको हेलम्बु गाउँपालिले जनाएको छ ।