३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

प्राणी उद्यान चिडीयाखानाले समृद्धि र विकास ल्याउने छ: मन्त्री यादव

प्राणी उद्यान चिडीयाखानाले समृद्धि र विकास ल्याउने छ: मन्त्री यादव
अ+ अ-

काठमाण्डौँ I वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा जिल्लामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडीयाखानाले यहाँको समृद्धि तथा विकास ल्याउने बताउनु भएको छ । आज पर्सा जिल्लाको वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने पर्सा प्राणी उद्यान सदर चिडीयाखानाको सिलान्यास कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वीरगञ्जमा पर्यटकीय स्थल नभएको र हाल निर्माण गरिन लागिएको पर्सा प्राणी उद्यान सदर चिडीयाखानाले यहाँ समृद्धि र विकास ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्सामा आन्तरिक तथा बाह्यि पर्यटक भित्रयाउनका लागि र यहाँको समृद्धि सहित विकासका लागि पर्सा प्राणी उद्यान चिडियाखाना स्थापना गरेको छु, अब यहाँ पर्यटकहरुको सङ्ख्या बृद्धि हुनुका साथै, यहाँको विकासमा थप टेवा पुग्ने छ ।” सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले आफु मन्त्री बनेदेखि पर्सा जिल्लामा प्राकृतिक चिडियाखाना निर्माणका लागि पहल थालेको र अहिले आएर उक्त कार्य सफल भएको बताउनुभयो । विभिन्न कठिनाईका बाबजुद पनि आज पर्सामा चिडियाखाना शिलान्यास गर्न सफल भएको मन्त्री यादवले जानकारी गराउनुभयो ।

पर्सा वासीको आर्यस्तरमा बृद्धि गर्न तथा पर्यटन प्रबद्धनका लागि वीरगञ्जमा चिडियाखाना निर्माण गर्ने आफ्नो वर्षौ पहिलेदेखिको सपना रहेको र अहिले आएर उक्त सपना साकार भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धिका लागि अगाडी बढीरहेको छु, वीरगञ्जमा निर्माण हुने चिडियाखानाले पर्यटन प्रबद्धन सहित त्यहाँका नागरिकको आर्थिक स्तरमा बृद्धि गर्ने मैले अपेक्षा लिएको छु ।” वीरगञ्जमा चिडियाखानाका लागि लामो समयदेखि पहल भएपनि निर्माणका लागि अनुमति प्राप्त हुन सकेको थिएन ।

पर्सा र वारा जिल्लाको बिचमा निर्माण गरिन लागेको उक्त चिडियाखाना अवलोकन गर्न नेपाल तथा भारतका पर्यटकहरु आउने भएकाले यहाँको पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवकै पहलमा पर्सामा चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्मा प्रस्ताब पेश भएको थियो । मन्त्री यादवले पेश गर्नु भएको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएपछि आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो ।

उक्त चिडीया खाना रु एक अर्ब एक करोड सात लाखमा निर्माण गरीन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१ को सोलखपुर वडा नं. ३२ को रामवनमा प्राकृतिक चिडीयाखाना स्थापना भएपछि यहाँ आन्तरिक तथा बाह्यि पर्यटक भित्रयाउन सकिने छ ।

चिडियाखानाको क्षेत्रफल भित्र पर्ने ३.१ हेकटर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरिने भएको छ । उक्त चिडियाखाना वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं. ३२ को रामवन क्षेत्र मध्ये वीरगञ्ज महानगरपालिका वडा नं. ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समुहले समेत आफ्नो साझेदारी वन क्षेत्रमा प्रस्तावित चिडीया खाना स्थापनाका लागि सहमति दिएको थियो ।

सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडीया खानाको क्षेत्रफल ५० हेकटर रहेको जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेकटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वन क्षेत्रमा मख्य प्रजाति साल, कर्मा रहेको छ भने कहिँले कही घुमन्ते बाघ देखिने त्यसक्षेत्रमा अन्य वन्यजन्तुमा चित्तल, खरायो, दुम्सि, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगाँ, मैना, गरुड र सारस पनि पाइने र उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यहाँका चिडियाखाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताउनुभयो ।