३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

म्याग्दी र मुस्ताङ जोड्ने ‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन

म्याग्दी र मुस्ताङ जोड्ने ‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन
अ+ अ-

बेनी । म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तर्गत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरी ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो ।

कालीगण्डकी र भेरी नदी जोड्ने गरी परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका अभियन्ता मनबहादुर खत्रीको टोलीले ‘रिसेका’ पदमार्गकोसमेत अध्ययन गरेको हो । भदौ अन्तिम सातादेखि असोज ३ गतेसम्म म्याग्दीको चिमखोला, कुइनेमङ्गले हुँदै मुस्ताङको कालापानीसम्मको रिसेका पदमार्गको सम्भाव्यता अध्ययन गरिएको मोहनबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार, धौलागिरि हिमालको दक्षिण आधार शिविर जाने सेञ्चुरी पदमार्ग, कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार र चिमखोलाको कालीबराह ताल क्षेत्र र मुस्ताङको लेते जोड्ने गरी नयाँ पदमार्गको खोजी गरिएको हो ।

यस पदमार्गअन्तर्गत कुइनेमङ्गलको पात्लेखर्कबाट पदमार्ग सुरु गरी रिखार–रुरुचौर–मानापाथि आधार शिविर–धौलागिरि दक्षिण आधार शिविर–आइसफल भ्यु पोइन्ट–कालिबराह ताल र त्यहाँबाट मुस्ताङको कालापानी निस्कन सकिने गरी पदमार्गको पहिचान गरिएको खत्रीले बताउनुभयो ।

बेनीबाट एक साताको पदयात्रा गर्न सकिने गरी पदमार्गको पहिचान गरिएको र यसलाई नक्साङ्कनको तयारी गरिएको उहाँको भनाइ छ । यस पदमार्गमा धौलागिरि आइसफल पदमार्गका साथै धौलागिरि पदमार्गको सिङ्कोसबगर, मल्कबाङको च्यामलीडाँडा, चौरवन हुँदै रिखार जोड्ने परम्परागत भेडीगोठ मार्ग र कालीबराहदेखि पहेलीबराह, ठूलीमेला, मुली, घ्वाङ्खर्क, खल्मी, टकसार हुँदै मुस्ताङको कोवाङ जोड्ने परम्परागत चौरी मार्गसमेत जोडिन्छन् ।

हिमाली भूगोललाई समेटिएको यो पदमार्ग अन्य पदमार्गको तुलनामा शाहसिक हुने पर्यटनविद् बताउँछन् । पदमार्गअन्तर्गत सबैभन्दा अग्लो स्थान चार हजार नौ सय मिटर उचाइको बाँझोखर्क, भ्यु–पोइन्टबाट लोभलाग्दो दृष्यको अवलोकन गर्न सकिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका हिमालको अवलोकनका साथै हिमाली भेगमा रहेका भेडा र चौँरीका गोठ, वन्यजन्यु, चराचुरुङ्गी, जडीबुटी, हिमाली भूगोल पर्यटकका लागि थप आकर्षणका रुपमा रहेका छन् ।

धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नै तयार गरिएको अवस्थामा दुवै पदमार्गलाई समेट्दै छुटेका गन्तव्यलाई समेत समेट्ने रिसेका पदमार्गले यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।