६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक, राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण नभए के हुन्छ ?



राष्ट्रपति विद्यादेवी भण्डारी
अ+ अ-

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट प्रमाणित गरी पठाइएको बहुचर्चित एवं विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक मंगलबार अबेर रातिसम्म प्रमाणीकरण गर्नु भएन । यो विधेयक गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो ।

संविधान बमोजिम राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि दोस्रो पटक पठाइएको विधेयक १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने व्यवस्था छ । र त्यो म्याद असोज ४ गते मंगलबार राति १२ बजे सम्म हो ।

राष्ट्रपति भण्डारीले यसअघि १५ बुँदे चासो व्यक्त गर्दै विधेयक संसदमै फिर्ता गर्नु भएको थियो । तर उक्त विधेयक जस्ताको तस्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाले पुनः पारित गरेको थियो । संसदले राष्ट्रपतिको सरोकारलाई बेवास्ता गरेसँगै राष्ट्रपति विधेयकका बारेमा निरन्तर छलफलमा हुनुहुन्थ्यो ।

उहाँले विधेयकका बारेमा प्रधानमन्त्री, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी समेतका राजनीतिक दलका नेता एवं पूर्व सुरक्षाकर्मी र अन्य व्यक्तिसँग परामर्श गर्नु भएको थियो । तर परामर्शको चरण चलिरहेकै अवस्थामा विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यताको चरणमा राष्ट्रपति पुग्नु भएको थियो ।

राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ ?

संविधानमा राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नु पर्ने व्यवस्था छ । तर विधेयक प्रमाणीकरण नगरे के हुन्छ भन्ने बारेमा केही भनिएको छैन । संविधानको धारा ११३ ले राष्ट्रपतिले कुनै विधेयक प्रमाणीकरण नगरे स्वतः ऐन बन्ने भन्ने प्रावधान राखेको छैन ।

संविधानको धारा ६१(४) मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ । यही आधारमा राष्ट्रपतिले विधेयक रोक्ने कोशिस हुनेछ । राष्ट्रपतिलाइ प्राप्त यो अस्त्रको प्रयोग यसपटक हुने अनुमान गरिएको छ ।

यसैबीच, राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले संविधानको उल्लंघन राष्ट्रपतिले नभई सत्तारुढ गठबन्धनले गरेको आरोप लगाउनु भएको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्ने हल्ला चलिरहेका बखत यादवले यस्तो धारणा सार्वजनिक गर्नु भएको छ ।