२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई ग्रुप र यूएनसिडिएफबीच डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्ने सहकार्य(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपले युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्ड (यूएनसिडिएफ) को सहकार्यमा डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्नका लागि समझदारी भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच आइएमई गु्रप र यूएनसिडिएफ बीच समझदारी भएको हो । सम्झौता अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन सहकार्य गर्ने भएका हुन् ।

सम्झौतामा विशेष गरी महिला रेमिटेन्स प्राप्त कर्ताहरूका समस्याहरूको न्यूनीकरणमा गर्ने विषयमा बढी केन्द्रित हुने छ । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत सम्झौताले सहजता ल्याउने बताउनु भयो ।

उहाँले महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने मुख्य उद्देश्य ग्रुपको रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास रहेको बताउनु भयो । निर्देशक ढकालले युएनसीडीएफसँगको सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने बताउनु भयो ।

सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हीतका लागि सहकार्य गर्दै आइरहेका छन् । सर्वेक्षण एवम अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र रेमिट्यान्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य रहेको आइएमईले बताएको छ ।

आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । कोभिड–१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ ।

तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले वहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन् कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।