२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा मह जोडि, प्रदीप खड्कासहित ३८ कलाकारलाई विभूषण (नामसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा परेका नौ सय ९८ जनालाई संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न पदकबाट विभूषित गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषित हुने व्यक्तित्वमा कलाकारहरु समेत रहेका छन् ।

सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित हुनेमा वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र गायक नन्दकृष्ण जोशी रहेका छन् ।

त्यसैगरी सुप्रबल जनसेवाश्रीबाट विभूषित हुनेमा गायक तथा संगीतकार शम्भु राई, चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठ, निर्देशक अशोक शर्मा, अभिनेता तथा निर्देशक दीपकराज गिरी, संगीतकार आलोकश्री, संगीतकार दीपक जंगम, गायक आनन्द कार्की,अभिनेता अर्जुन श्रेष्ठ, गायिका ज्ञानु राणा, कलाकार निरुता सिंह, संगीतकार चेतन सापकोटा, अभिनेता विराज भट्ट, कलाकार दयाहाङ राई र गायिका सत्यकला राई रहेका छन् ।

त्यस्तै , जनसेवाश्रीबाट विभूषित हुनेमा लोकगायिका सुनिता दुलाल,कलाकार प्रदीप खड्का, गायक तथा संगीतकार कमल सुनार, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार दीपक शर्मा, नृत्य निर्देशक शिवराम विक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, कलाकार कुमार बस्नेत विक्रान्त, गायक कुलमान नेपाली, कलाकारमनोहर सुनाम परियार, गीतकार डिल्लिनारायण पाण्डे, गायक यशकुमार र संगीतकार सानुकान्छा शाही रहेका छन् ।

त्यस्तै , नेपाल सेवा प्रवीणबाट विभूषित हुनेमा कलाकार प्रभाकर शर्मा, कलाकार इन्द्रबहादुर खत्री, कलाकार कृष्णबहादुर बिक, गायक नवीन पौडेल र गायक किरण गजमेर रहेका छन् ।

 




भर्खरै