२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा मह जोडि, प्रदीप खड्कासहित ३८ कलाकारलाई विभूषण (नामसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा परेका नौ सय ९८ जनालाई संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न पदकबाट विभूषित गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषित हुने व्यक्तित्वमा कलाकारहरु समेत रहेका छन् ।

सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित हुनेमा वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र गायक नन्दकृष्ण जोशी रहेका छन् ।

त्यसैगरी सुप्रबल जनसेवाश्रीबाट विभूषित हुनेमा गायक तथा संगीतकार शम्भु राई, चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठ, निर्देशक अशोक शर्मा, अभिनेता तथा निर्देशक दीपकराज गिरी, संगीतकार आलोकश्री, संगीतकार दीपक जंगम, गायक आनन्द कार्की,अभिनेता अर्जुन श्रेष्ठ, गायिका ज्ञानु राणा, कलाकार निरुता सिंह, संगीतकार चेतन सापकोटा, अभिनेता विराज भट्ट, कलाकार दयाहाङ राई र गायिका सत्यकला राई रहेका छन् ।

त्यस्तै , जनसेवाश्रीबाट विभूषित हुनेमा लोकगायिका सुनिता दुलाल,कलाकार प्रदीप खड्का, गायक तथा संगीतकार कमल सुनार, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार दीपक शर्मा, नृत्य निर्देशक शिवराम विक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, कलाकार कुमार बस्नेत विक्रान्त, गायक कुलमान नेपाली, कलाकारमनोहर सुनाम परियार, गीतकार डिल्लिनारायण पाण्डे, गायक यशकुमार र संगीतकार सानुकान्छा शाही रहेका छन् ।

त्यस्तै , नेपाल सेवा प्रवीणबाट विभूषित हुनेमा कलाकार प्रभाकर शर्मा, कलाकार इन्द्रबहादुर खत्री, कलाकार कृष्णबहादुर बिक, गायक नवीन पौडेल र गायक किरण गजमेर रहेका छन् ।