२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई को-को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्न छ: प्रदीप ज्ञवाली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धनलाई देश र जनताको चिन्ता नभएको टिप्पणी गरेका छन् ।

च्यासलस्थित पार्टी कार्यलयमा जारी पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्ष सम्ममा को-को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा पाँच दल अड्किएको बताए ।

ज्ञवालीले भने, ‘अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्नेमा लागेका छन् । उनीहरूलाई जनताको चिन्ता छैन, अछाममा बाढी आओस्, डेंगु आओस् एकरति आँसु नि झार्दैनन् ।

भागबण्डा नमिलेर प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाइएको उनको आरोप छ । उनले भने, ‘हिजो सबैको लागि महान भएको प्रधानन्यायाधीश, के चाहिँ भागबण्डा मिलेन कुन्नी महाअभियोग लगाइयो । उनी अहिले पनि प्रधानन्यायाधीश नै हुन् देशको चौथो वरीयताको मान्छेको हालत यस्तो छ झन जनताको के होला?’