१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण तनावमा कंगना



अ+ अ-

एजेन्सी । सँधैजसो चर्चामा आइरहने अभिनेत्री हुन् कंगना रनावत । 

विभिन्न समयमा विभिन्न विषयमा खरो प्रतिक्रिया दिने ‘बलिउड क्वीन’ कंगनालाई भने अहिले तनाव आइलागेको छ । उनलाई १९ अप्रिलमा बठिन्डा अदालतमा उपस्थित हुन आदेश दिइएको छ । कंगनाले वृद्ध महिलालाई ‘१००–१०० रुपैया लिएर धर्नामा उपस्थित हुने आइमाई’ भन्दै बयान दिएकी थिइन् । 

जसको विरुद्धमा महिलाले अदालतमा केस हालेकी थिइन् । बठिन्डाको गाउँ बहादुरगढ जन्डियाकी स्थानीय ८७ वर्षीय वृद्ध किसान महिन्दर कौरलाई लिएर कंगनाले ट्वीट गरेकी थिइन् । त्यसपछि महिन्दर कौरले बाठिन्डा कोर्टमा कंगनाविरुद्ध मानहानीको मुद्धा हालिन् । 

किसान महिला महिन्दर कौरका वकिल रघवीर सिंह बहनीवालका अनुसार जवनरी ४ २०२१ मा अदालतमा उक्त केस दर्ता भएको थियो । जसको करीब १३ महिना सुनुवाई चल्यो । यसैबीच अदालतले कंगनालाई अदालतमा उपस्थित हुन आदेश दिएको हो । 

कंगनाले दिएको उक्त टीप्पणीको विरोध जनाउँदै कंगनालाई किसानहरुले कीरतपुर साहिबमा घेराउ समेत गरेका थिए ।