५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाव दिन धर्ना



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक, २०७९ प्रमाणीकरणका लागि माइतीघरमा धर्ना दिएको छ ।

धर्नामा सहभागीहरुले बुबाआमा दुवै नेपाली दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म र नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म भन्दै धर्ना दिएका हुन् ।

समितिले नागरिकता विधेयक, २०७९ शीघ्र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने माग राखेका छन् ।

नागरिकता विधेयक दोस्रोपटक प्रमाणीकरणका लागि अहिले राष्ट्रपतिकहाँ पुगेको छ । दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ ।