५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाउनु पर्छ: मन्त्री यादव

हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाउनु पर्छ: मन्त्री यादव
अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसघले आयोजना गरेको नेपाल पूर्वाधार शिखर सम्मेलन २०२२ कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाएर न्यून वातावरणीय क्षतिमा विकास कसरी गर्न सकिन्छ भन्ने मोडल अपनाउनु पर्ने बताउनुभयो ।

“वातावरणीय पक्षलाई विभार गरेर भौतिक पूर्वाधार विकास गर्ने काम नै हरित विकासको आधार हो, हामीले हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाएर न्यून वातावरणीय क्षतिमा विकास कसरी गर्न सकिन्छ भन्ने सोचका साथ अगाडीब बढ्नु पर्ने हुन्छ,” उहाँले भन्नुभयो”, “यसरी विकास गर्दा हाम्रो वातावरण पनि संरक्षित रहन्छ र विकास पनि आफ्नो गतिका साथ् अगाडि बढी बढ्छ ।”

विगत पाँच वर्षमा सबै स्थानीय तह, सात वटै प्रादेशिक सरकार र संघीय सरकारको प्रथामिकता भनेको भौतिक पूर्वाधार रहेकाले अवको बाटो भनेको हरित अर्थतन्त्रको भएको र कोभिड–१९ ले पनि हामीलाई त्यहीँ पाठ सिकाएर गएको उहाँको भनाई थियो । भौतिक पूर्वाधार विकास मानव सभ्यता र आर्थिक समृद्धिको पूर्वशर्त भएको र मानव जीवनलाई छिटो, छरितो, सरल र सहज तथा सभ्य र सम्पन्न बनाउनका लागि भौतिक पूर्वाधारको अहम भूमिका रहेको मन्त्री यादवले बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “अन्तराष्ट्रिय समुदायको तुलनामा नेपालको भौतिक पूर्वाधारको विकासको मात्रा र गुणस्तर दुबैमा अत्यन्त न्युन रहेको छ, यस सम्बन्धमा अध्ययन अनुसन्धानको मात्रा पनि अत्यन्त कम्जोर रहेकाले भौतिक पूर्वाधार विकास मानव सभ्यता र आर्थिक समृद्धिको पूर्वशर्त हो ।” यसैगरी मन्त्री यादवले राष्ट्रिय निकुञ्ज वा आरक्ष भित्र भौतिक पूर्वाधारको विकास गर्दा दुर्लभ र लोपोन्मुख वन्यजन्तुको संरक्षण र व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने तथा त्यसो गर्न सकिएन भने हाम्रा पूर्वाधारको दिगोपन नहुने धारणा राख्नुभयो ।

जलवायु लचिलो भौतिक पूर्वाधार आजको आवश्यकता भएको र नेपालको जलवायु नीति र नेपालले संयुक्त राष्ट्रसंघमा पेश गरेकोमा समेत यसको वारेमा विशेष प्रथामिकता दिएको उहाँले जानकारी गराउनुभयो । नेपाल सरकारले सन् २०३० सम्ममा १५००० मेगावाट विद्युत गर्ने महत्त्वकांक्षी लक्ष्य राखेको तथा जुन हरित पूर्वाधार निर्माणको बलियो आधार भएको मन्त्री यादवले दाबी समेत गर्नुभयो । जलविद्युतमा आधारीत यातयात सेवा र रेल सेवा (ई–मोबिलिटी )मा जना सकियो भने भोलि नेपालको आर्थिक समृद्धिको ढोका खुल्न सक्ने मन्त्री यादवको भनाई थियो ।

यसैगरी मन्त्री यादवले सन् २०३० मा ४५ प्रतिसत वन क्षेत्र पूर्याउने भनेको भए पनि अहिले नै ४५ प्रतिसत पुगेको अवस्था र यस्तो अवस्थामा वन पैदावारमा आधारित उद्योग खोल्नु पर्ने र त्यसका लागि वनमा आधारीत उद्योग व्यवसाय खोल्नका लागि निजी क्षेत्रलाई आकर्षण गर्न सक्नु राम्रो पक्ष हुने बताउनुभयो । फोहरमैलाको व्यवस्थापनबाट उर्जा उत्पादन गर्ने गरी जानुपर्ने र उक्त कार्यमा महानगरपालिका र उपमहानगरपालिका लगायत सबै स्थानीय तहले सोच्नुपर्ने वेला आएको मन्त्री यादवले बताउनुभयो ।