५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

निजी क्षेत्रको विकास मुलुकको सम्मृद्धिसँग जोडिएको छ: वरिष्ठ उपाध्यक्ष ढकाल

निजी क्षेत्रको विकास मुलुकको सम्मृद्धिसँग जोडिएको छ: वरिष्ठ उपाध्यक्ष ढकाल
अ+ अ-

काठमाडौ I नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले गरेको व्यवसायिक प्रगतिलाई राज्यले सकारात्मकरुपमा लिनुपर्ने बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारण सभालाई विहिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक प्रगति गर्दा समग्र मुलुकको आर्थिक विकास र सम्मृद्धिमा सहयोग पुग्ने बताउँदै यसलाई राज्यले सकारात्मकरुपमा लिनुपर्ने बताउनुभयो ।

निजी क्षेत्रले तिर्ने राजश्व र करबाट राज्यले पूर्वाधार निर्माण र आर्थिक गतिविधि विस्तार गर्ने गरेको बताउँदै उहाँले यदि निजी क्षेत्रले व्यवसायबाट नाफा आर्जन गर्छ भने त्यो रकम उसले नयाँ उद्योग व्यवसाय सुरुवात गर्ने, थप रोजगारी सृजना गर्ने र पूर्वाधार निर्माण गर्ने काममै लगाउने हुँदा यसलाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो ।

“नेपालको सन्दर्भमा निजी क्षेत्र मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान गर्ने क्षेत्र हो । यसले रोजगारी सृजना गरेको छ । सरकारलाई राजश्वमा योगदान गरेको छ र समग्र आर्थिक सम्मृद्धिमा यसको ठूलो योगदान छ,” उहाँले भन्नुभयो, “त्यसैले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्ने हुन्छ । राज्यले निजी क्षेत्रलाई थप विकास र विस्तारका लागि सहजीकरण गर्नुपर्ने हुन्छ ।”

निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणबाट आम मानिसको धारणा बन्ने बताउँदै तीन तहको सरकारबाट आवश्यक सहजीकरण मात्र हुन सकेमा पनि निजी क्षेत्रले छोटो समयमै मुलुकको आर्थिक विकास र सम्मृद्धिको लागि धेरै काम गर्न सक्ने बताउनुभयो ।

ललितपुर उद्योग वाणिज्य संघले नेपालको उद्योग वाणिज्य क्षेत्रको विस्तारमा पु‌‌र्याएको योगदानको चर्चा गर्र्दै वरिष्ठ उपाध्यक्ष ढकालले आगामि दिनमा महासंघले ललितपुर उद्योग वाणिज्य संघसँग थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।