८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तिहारमा ग्रस्तास्त सूर्यग्रहण, चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रसम्मत

तिहारमा ग्रस्तास्त सूर्यग्रहण, चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रसम्मत
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारमा ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यसका आधारमा शास्त्रसम्मत निर्णय गरिएको जनाएको छ । समितिले आज यस वर्षको तिहार अर्थात् स्वन्ति पर्वका विषयक छलफलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले कात्तिक ८ गते मङ्गलबार ग्रस्तास्त सूर्यग्रहण परेकाले त्यस दिन चार प्रहरसम्म ग्रहण बार्नुपर्ने शास्त्रीय नियमअनुसार निर्णय गरिएको जानकारी गराउनुभयो ।

कात्तिक ९ गते सूर्योदय नभएसम्म केही गर्नु नहुने शास्त्रीय वचनअनुसार निर्णय गरिएको समितिले जनाएको छ । तिहारका विषयमा पाटन र भक्तपुरका नेवार समुदायले फरकफरक निर्णय सार्वजनिक गरेपछि समितिले आज गरेको छलफलका क्रममा समितिमा फेरि छलफल गर्ने र अर्को वर्षदेखि यस्ता विषयमा पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्नुअघि नै सरोकार भएकासँग छलफल गरिने पनि अध्यक्ष अधिकारीको प्रतिबद्धता छ ।

समिति सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ग्रहणको शास्त्रीय आधार नबुझी यस वर्षको तिहारको निर्णय हुन नसक्ने भएकाले त्यसैअनुरुप निर्णय गरिएको बताउनुभयो । समितिले शास्त्रसम्मत निर्णय गरेको उल्लेख गर्नुहुँदै उहाँले शास्त्रसम्मत निर्णय मान्ने कि स्वेच्छाचारितामा अघि बढ्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, पञ्चाङ्गकार सिद्धिलक्ष्मी व्यञ्जनकार, नेवाः देय दबूका अध्यक्ष पवित्र बज्राचार्य, हीरण्यवर्ण महाविहारका पुष्पराज बज्राचार्य, भक्तपुरका ज्योतिषी कृष्णराज जोशी, जोशी समाजका सुरेन्द्रगोविन्द जोशी, ललितपुरका ज्योतिषीहरू कीर्तिमदन जोशी र केशवगोविन्द जोशीलगायतले छलफल जारी राखी ठोस निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस वर्ष कात्तिक ५ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु हुने समितिले जनाएको छ । ५ गते यमदीपदान, धनत्रयोदशी ९धनतेरस०, ६ गते आइतबार कागतिहार, ७ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, ८ गते मङ्गलबार गाईपूजा, खण्डग्रास सूर्यग्रहण, ९ गते बुधबार गोवद्र्धनपूजा, आत्मपूजा (म्हपूजा) र १० गते बिहीबार भाइटीका ९किजापूजा० परेको छ ।