७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै



अ+ अ-

काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ ।

अतुल्य फाउण्डेशनले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिनुभएको हो । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताउनु भयो । उहाँले समावेशी विपद्जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताउनु भयो । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, हीत, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताउनु भयो । उहाँले योजना, तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ पनि मन्त्रालय सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०१५ को जुन हाम्रो भूकम्प छ र कोभिडले हामीलाई धेरै कुरा सिकाएको छ । खास गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै आपतविपद् आइप¥यो । त्यसले हामीलाई हाम्रा नीति, योजना, कार्यक्रम, तर्जुमा र कार्यान्वयन, अनुगमन र मूल्यांकनमा पनि धेरै कुरा परिमार्जन र परिष्कृत गर्नुपर्छ भन्नेकुरा सिकाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउँदैछौँ । त्यसमा एक लेभलको डिस्कशन त भइराखेको छ । मलाई के विश्वास छ भने यो दुई दिनको छलफलले पनि निकालेको निस्कर्ष मन्त्रालयले पायो भने राष्ट्रिय नीतिमा समावेश भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न
चाहन्छु । राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको समन्वय, सहकार्य गरेर आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हीत, हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गरेर कार्यक्रम तय गर्ने, नीति योजनातर्जुमा गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने र सँगै असल नतिजा दिनेतर्फ पनि हामी लाग्नेछौँ ।’

कार्यक्रममा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी जानकारीमुलक हातेपुस्तिका पनि विमोचन भएको छ । पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो । पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेकोप्रति स्वामित्व लिएकोमा खुशी प्रकट गर्नुभयो ।