३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

बन्दीपुरमा पर्यटन शाखा स्थापना

बन्दीपुरमा पर्यटन शाखा स्थापना
अ+ अ-

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन शाखा स्थापना गरिएको छ । बन्दीपुर गाउँपालिका कार्यालय तनहुँले आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सहज बनाउन सो शाखा स्थापना गरेको हो ।

पर्यटन प्रवद्र्धनका लागि विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै प्रचारप्रसारका कार्यलाई तीव्रताका साथ अघि बढाउने योजना सो शाखाले बनाएको छ । पालिकास्तरबाट पर्यटन क्षेत्रको विकासका लागि नियमित काम गर्नेगरी जनशक्तिसहित व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

पोखरा क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर पोखरा घुम्न आएका पर्यटकलाई बन्दीपुर ल्याउने वातावरण सिर्जना गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिका कार्यालयले पर्यटन क्षेत्रको विकासका लागि सुरुमा रु २० लाख बजेट विनियोजन गरे पनि वडागत र पालिकास्तरमा विभिन्न शीर्षकअन्तर्गत बजेट विनियोजन गरेको छ ।

बन्दीपुर क्षेत्र पर्यटकीय गन्तव्यस्थल भएकाले परम्परागत निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । आधुनिक घरले मौलिक घर विस्थापित गर्ने भएकाले अब निर्माण हुने नयाँ घरका लागि सहुलियत दरमा काठ खरिद गर्न व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो ।

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै परम्परागत शैलीका नयाँ घर बन्नेक्रम तीव्र बनेको छ । बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण माछापुच्छे«, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ ।

विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा विछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीद पार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि यहाँका आकर्षक पक्ष हुन् । बन्दीपुरबाट आधा घण्टाको यात्रापश्चात् सिद्धगुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् ।

एकपटक बन्दीपुर आएका पर्यटक पटकपटक दोहो¥याएर आउने गरेको होटल व्यवसायी बताउँछन् । बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायी उत्साहित भएका छन् । निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबुलकार र थ्रीस्टार होटलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।