११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

प्रतिनिधिसभा निर्वाचन रुपन्देही २ बाट गृहमन्त्री खाँणसहित तीनको नाम सिफारिस

प्रतिनिधिसभा निर्वाचन रुपन्देही २ बाट गृहमन्त्री खाँणसहित तीनको नाम सिफारिस
file
अ अ+ अ-

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ बाट गृहमन्त्री बालकृष्ण खाण सिफारिस हुनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि गृहमन्त्री खाणको नाम सिफारिस गरेको हो । समितिले खाणसँगै नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलेका नाम पनि सिफारिस गरेको छ ।

यसअघि २०७४ को निर्वाचनमा गृहमन्त्री खाण रुपन्देही ३ बाट समानुपातिक सिटमा बस्नुभएको थियो । रुपन्देही २ नेकपा ९एमाले० का नेता विष्णु पौडेलको विरासतका रुपमा रहँदै आएको छ ।

सो क्षेत्रमा २०७४ सहित सोअघिका तीनवटा संसदीय निर्वाचनमा पौडेल विजयी हुँदै आउनुभएको छ । रुपन्देही कांग्रेसका अनुसार गृहमन्त्री खाण रुपन्देही ३ बाट पनि सिफारिस हुनसक्ने बताएको छ ।

रुपन्देही ४ मा भने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा कांग्रेस क्षेत्रीय समितिले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उहाँ २०७४ को निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।