५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

चालु आर्थिक वर्षको पहिलो ४५ दिनमा अर्थ मन्त्रालयले के के गर्यो

चालु आर्थिक वर्षको पहिलो ४५ दिनमा अर्थ मन्त्रालयले के के गर्यो
अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ४५ दिनमा सम्पादित केही महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ ।

यस अवधिमा मन्त्रालयले संघीय एवं प्रादेशिक निर्वाचनका लागि निर्वाचन आयोग एवं सुरक्षा निकायहरुलाई आवश्यक बजेट सुनिश्चित गरिएको जनाएको छ ।

सिंहदरबार परिसरबाट साउन महिनाभित्र ग्याँस सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने र तीन महिनाभित्र महानगर र उपमहानगरपालिकाभित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने सरकारको नीति अनुरुप मन्त्रालय परिसरमा सञ्चालित चमेना गृह लगायतमा यही भदौ १ गतेदेखि ग्याँस सिलिण्डर पूर्णरुपमा विस्थापित गरिएको उल्लेख गरिएको छ ।

साथै अर्थ मन्त्रालयअन्तर्गतका उपत्यकाभित्रका सबै विभाग÷कार्यालयहरुमा ग्याँस सिलिण्डर पूर्णरुपमा विस्थापित गरी विद्युतीय चुल्हो मात्र प्रयोगमा ल्याइएको छ ।

यस अवधिमा केही मुख्य मुख्य राय र सहमतिसमेत प्रदान गरेको छ । मन्त्रालयले बजेटमा उल्लेख भएअनुसार ६८ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सैद्धान्तिक सहमति प्रदान गरिएको, जलस्रोत विधेयक, २०७९ को मस्यौदामा राय सहमति प्रदान गरिएको, संघीय निजामती सेवा ऐनको मस्यौदामा राय सहमति प्रदान गरिएको र निजामति कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा कार्यविधि उपर राय सहमति उपलब्ध गराइएकोलगायत छन् ।

मन्त्रालयले समीक्षा अवधिमा नेपाल विद्युत् प्राधिकरणको अधिकृत पूँजी रु २०० अर्ब कायम गर्न सहमति प्रदान गरेको छ ।

त्यस्तै बिल बिजक लिने दिने प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि १० करोडभन्दा माथिको कारोबार गर्ने सबै करदाताहरुलाई अनिवार्यरुपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

मन्त्रालयका अनुसार चालु आवको भदौ १४ गतेसम्म राजस्व परिचालन रु एक खर्ब १४ अर्ब ५५ करोड ४३ लाख भएको छ ।

यस अवधिमा प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीट्जरल्याण्ड सरकारसँग रु ९९ करोड १० लाख बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरिएको, नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नेपाल सरकार र विश्व बैंकबीच करिब १२ अर्ब ७५ करोड नेपाली रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको र मानव स्रोत विकास सम्बन्धमा जापान सरकारसँग रु ३५ करोड बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरिएको छ ।

समीक्षा अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तथा संवैधानिक निकायहरु समेतका पदाधिकारीलगायत सबै राष्ट्र राष्ट्रसेवकहरुको न्यूनतम तलब, भत्ता, सुविधाहरु तथा पारिश्रमिक पुनरावलोकन गर्न तीन महिनाभित्र नेपाल सरकारलाई सिफारिस गर्ने गरी पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिएको मन्त्रालयले जनाएको छ ।