३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

‘आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो’

‘आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो’
अ+ अ-

लेखनाथ । लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटक नआउँदा व्यवसायी चिन्तित बनेका छन् ।

केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको यहाँका व्यवसायी बताउँछन् । विदेशी पर्यटकमा कोरोनाको त्रास भने अझै हट्न सकेको छैन । कोरोना कै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम अगाडि ल्याउनुपर्ने माग व्यवसायीको छ ।

बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भन्नुभयो, “नेपालमा विदेशी पर्यटक भित्र्याउन सरकारले केही न केही पहल गर्नु नै पर्छ । उहाँले भन्नुभयो, “बिदाका दिन केही मात्रामा नेपाली पर्यटक आउने गरेको भए पनि त्यसले होटल धानिने अवस्था छैन ।”

सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम सुरु भएको छ, एक–दुई जना कर्मचारी र आफँैले पनि पाउनालाई सेवा दिँदै आएका छौँ, होटल व्यवसायी अधिकारीले भन्नुभयो, “बैंकको ब्याजले तिर्न सक्ने अवस्था छैन ।”

घरजग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका छौँ, किस्ता र ब्याज तिर्न नसक्दा समस्यामा छौँ, होटल तथा रेष्टुराँ एशोसिएशन लेखनाथका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले भन्नुभयो, “व्यवसायीलाई राहत हुने गरी सरकारले ब्याज मिनाह गर्नुपर्छ ।” घर भाडामा लिएर होटल सञ्चालन गर्ने कही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई जना कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँ, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँ तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ, होटल तथा रेष्टुराँ व्यवसायी अर्जुन लम्सालले भन्नुभयो, “सरकारले व्यवसायीलाई राहतका प्याकेज ल्याउनुपर्छ ।”

लेखनाथमा दुई सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् एशोसिएशनमा आबद्ध भने एक सय पाँच मात्र छन्, रिसोर्टदेखि साना होटलसम्म यहाँ छन्, लम्सालले भन्नुभयो । तीन वर्ष भयो गोरो छालाका पर्यटक देख्न पाएका छैनौँ, आन्तरिक पर्यटन फटफुट आएका छन्, जेनतेन त्यसैले धानिएका छौँ, बेगनासस्थित न्यू थकाली भान्साघरका सञ्चालक नितेश लालचनले भन्नुभयो, “बिदाका दिन दिउँसोको खाजा खाने गरी केही आन्तरिक पर्यटन बेगनासमा आउने गरेका छन् यसले मात्र व्यवसाय धानिने अवस्था छैन ।”

बेगनासतालमा पाइने विभिन्न जात सहर, रहुँ, असला, नैनी, कमन, माहुर, तिलपियालगायतका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । सात तालको बगैँचा सहरको रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका बेगनास तालका होटल व्यवसायी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । रासस