५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

बुढीगण्डकी आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाइने

बुढीगण्डकी आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाइने
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउने बताउनुभएको छ ।

आईतवार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताउनु भयो । मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा,पुरबास लगायतको काम करिव सकिन लागेको बताउनु भयो । उहाँले नेपालमा वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदा कम हुने भएकाले ६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । मन्त्री भुसालले मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बुढीगण्डकी पनि पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ बर्खामा विद्युत बढी हुने र हिउँदामा विद्युत आयात गर्नुपर्ने अवस्था रहेको छ । अब ७ सय मेगावाट विद्युत थप हुँदा हिउँदमा विद्युत आयात गर्ने परिणाम घट्छ । तर ३६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्छ भनेर पहिले नै विद्युत प्राधिकरणले अध्ययन गरेर अगाडि बढाएको अपर अरण,दुध कोशी र बुढीगण्डकी रहेका छन् । बुढीगण्डकी बनाउन केही समय लागेको छ । अब यसलाई बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडी बढाउने योजनामा छौं । १२ सय मेगावाटको स्टोरेज भनेको सामान्य कुरा होइन । यो आयोजना बहुउद्देश्य हो । सबै प्रक्रिया भएको छ । कम्पनी दर्ता प्रक्रियामा गएका छौं । यो आयोजना नेपालको पाँचौं नम्बरमा पर्छ । यो एक वर्षको समयमा मन्त्रालयले गरेको महत्वपूर्ण काम हो ।’

मन्त्री भुसालले आयोजनाको जयित विद्युत क्षमता ८५.४ प्रतिशत बढाउनको लागि सरकारले विद्युत उत्पादकहरुलाई ‘डिजाइन डिस्चार्ज’ (क्यू) निःशुक गरेको बताउनु भयो । उहाँले अहिले नेपालको विद्युत उत्पादन ८३ हजार भनेपनि आर्थिक रुपमा ४३ हिसाव गरिएको बताउनु भयो । मन्त्री भुसालले सरकारको तथ्याङ्कमा ६ हजार ५ सय पीपीए भएको देखिएपनि १५ सय कसैको झोला रहेको बताउनु भयो । उहाँले १५ सय मेगावट विद्युत कसको झोलामा रहेको छ राज्यको स्रोत भएकाले सरकारले अनुसन्धान गर्ने बताउनु भयो । मन्त्री भूसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनु भयो । उहाँले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले मुलुकमा लोडसेडिङको अन्त्य र विदेशमा विद्युत निर्यात गर्न सरकार सफल भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ मन्त्रालयले विद्युत उत्पादकहरुलाई क्यू निःशुल्क ग¥यौं । सरकारले क्यू निःशुल्क गर्दा औसतमा आयोजनाको जयित विद्युत क्षमता ८५.४ प्रतिशत थप हुन्छ । अहिले नेपालको विद्युत उत्पादन आर्थिक रुपमा ४३ हिसाव गरिएको छ । हामीले ८३ हजार भनेका छौं । पछि टेक्नोलोजीको विकाससँगै अन्य पनि भाइवल होलान् । सबै विषय पैसाले निर्धारण गर्दैन। क्यू भनेको पहिला विद्युत उत्पादनको लाइसेन्स लिएको छ । पहिला पीपीए गर्नुभएको छ । ६५ सय हाम्रो पीपीए भएको रहेछ । १५ सय कसको झोलामा छ थाहा छैन । पीपीए नगर्दा अर्को कुरा हो त्यसको मन्त्रालय खोजि गर्दैछ । त्यो पनि राज्यको स्रोत हो । चार वर्षदेखि रोकिएको विद्युत उत्पादन सम्झौता पीपीए रोकिएको थियो । अहिले हामीले १५ सय भन्दा बढीको पीपीए गर्ने भनेर खोलेका छौं ।

यसलाई सरकारले रोक्दैन । बंलादेशमा विद्युत निर्यात गर्नुपर्ने छ । विद्युत उत्पादन गर्न स्वदेशीलाई ३० वर्ष विदेशीलाई २५ वर्ष दिन्छौं । विद्युत उत्पादनको लाइसेन्स लिएर राज्यलाई कण्डीसन नै बुझाउनु पर्छ । उत्पादन गर्नेलाई सरकारले प्रोत्साहन नै गर्ने हो । विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेर नै लोडसेडिङको अन्त्य र विदेशमा विद्युत व्यापार गर्न सफल भएका छौं । अब सरकारले विद्युत व्यापारको लागि लाइसेन्स दिनुपर्छ भने कुरा आएको छ । त्यो पनि नियमावली बनाएर ऐनको लागि संसदमा पेस गरिएको छ ।’

मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत उपलब्धि हासिल गरेको बताउनु भयो । गत आवमा विद्युत उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत उत्पादन क्षमता २२६९ मेगावाट पुगेको छ । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको बताउनुभएको छ । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको पनि बताउनुभएको छ । मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताउनु भयो ।

विद्युत आधारभुत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँ सम्म महसुल कायम गरिएको जानकारी दिनुभएको छ । समग्र विद्युत महशुल दर घटाइएका कारण गार्हस्थ्यतर्फको विद्युत खपत वृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको पनि उहाँले जानकारी दिनुभयो । देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको भन्दै उहाँले ‘स्वदेशी विद्युत जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको मन्त्री भुसालले जानकारी दिनुभयो ।