३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी

धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी
अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरलाई चर्चामा ल्याउन स्थानीयवासीको प्रयास सार्थक हुँदै गएपछि यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो ठाउँ अहिले धार्मिक पर्यटकीय स्थल बन्न थालेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो । जीर्ण रहेको मन्दिरलाई पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । तामाको छानो छाएर गजुर राखिएको उक्त मन्दिर पुनर्निर्माणका लागि साढे दुई करोड खर्च भएको छ ।

मन्दिरको नजिकै वनभोजस्थल बनाइएको छ । वनभोजका लागि पनि विभिन्न समूह आउने क्रम बढेको छ । चिसो हावा र मनोरम दृश्यका कारण वनभोजका लागि यस ठाउँ पर्यटकको रोजाइँमा पर्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सो अनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोड आवश्यकपर्ने देखिएको छ ।

मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको सहयोगमा भजनकीर्तन गर्न पार्टी निर्माण गरेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेको संयोजक घिमिरेले बताउनुभयो । “यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि गुरुयोजना बनाएर अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “करिब रु एक करोड खर्च भए पनि गुरुयोजनाअनुसारका सम्पूर्ण काम सक्छौँ ।” मन्दिर र अन्य पूर्वाधार निर्माणका लागि हालसम्म प्रदेश सरकारले रु ६५ लाख, सङ्घीय सरकारले रु आठ लाख, म्याग्दे गाउँपालिकाले रु २६ लाख सहयोग गरेको छ । रु २० लाखको लागतमा व्यावसायिक भवन निर्माणको तयारी गरिएको छ ।

पहिलो पटक किल्चोक पुग्नुभएका तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले यो ठाउँ मनोरम रहेको बताउनुभयो । “मन्दिरको छुट्टै महत्व त छँदैछ तर यहाँको हावापानी र दृश्य पनि मनमोहक लाग्यो”, उहाँले भन्नुभयो, “पहिलो पटक पुग्दा नै आनन्द आयो, यस ठाउँको व्यापक प्रचारप्रसार गर्नुु आवश्यक छ ।”

यो मन्दिरको छुटृै विशेषता रहेको छ, त्यो विशेषता हो– मन्दिरमा रहेको घण्ट आफैँ हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, कसैले नहल्लाइकन पनि घण्ट आफैँ हल्लिन्छ र ? तर मन्दिरमा रहेको घण्ट आफैँ हल्लिएको देख्दा स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत चकित पर्ने गरेका छन् । अकलादेवी खुसी भएकाबेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको बताइन्छ । देवी प्रशन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको संयोजक घिमिरेले बताउनुभयो । “यज्ञयज्ञधि, धार्मिक अनुष्ठान र पञ्चवलि दिएका बेलामा देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ, यहाँ दैविशक्ति भएको यसले पुष्टि गर्छ ।”

विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासीले बताए । त्यस बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यसबारेमा जानकारी गराएपछि यो दैवीय शक्ति नै भएको र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ भनेर संरक्षणको काम सुरु भएको थियो ।

“घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चवलि लिएर आएको समयमा घण्ट हल्लन्छ”, स्थानीयवासी दधिराज घिमिरेले भन्नुभयो । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ दैनिक ५०-६० भक्तजन पूजाआजाका लागि आउने गरेका छन् । विसं २०५५ मा मन्दिरमा योगी नरहरिनाथले ८५औँ कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएका कारणले नरहरिनाथले यहाँ कोटीहोम लगाउनुभएको बताइन्छ ।

अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान गरिएको छ । मन्दिर नजिकै पञ्चवलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ । रासस