२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी माओवादीमा गएका होइनौँ, चुनावी तालमेल मात्रै हो: डा. भट्टराई



अ+ अ-

काठमाडमैँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकार सहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाउनुभएको हो । उहाँले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्रपनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताउनु भयो । उहाँले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्बिरोध रहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘संविधानका अपूर्णताहरु छन् । खासगरी संघीयता अपूर्ण छ । राष्ट्रपतिय प्रणाली लगायतका शासकिय सुधारका कुरा अपुरो छ । सुशासन ल्याउने कुरा, समृद्धि ल्याउने कुरा यी सबै कुरामा एजेन्डा कोसँग मिल्छ भन्ने ढंगले हामीले सबैसँग कुराकानी गर्यौँ । अन्तिममा आउँदा हामीले के देख्यौँ भने हामीसँग अलि बढी नजिक एजेण्डा मिल्ने भनेको त माओवादीसँगै हो । त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्नसक्छ । तर अरुको सापेक्षतामा संघीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भन्ने त माओवादी पार्टी हामी छँदै त्यतिबेलै नोट अफ डिसेन्ट लेखेर राखेको हो । त्यसैले पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालिन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ । दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ । त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो । अहिले पनि त्यो मुद्दा उनीहरुसँग मिल्छ । भलै, सुशासन आदिको मुद्दाहरुमा हामी र उहाँहरु फरक छ । हामी चाहीँ सुशासन राम्रो सँग काम गरेर जानुपर्छ । र गलत ढंगले त्यस्ता तत्वहरुलाई साथ दिनु हुँदैन भन्ने कुरा हामी राख्छौँ । त्यहाँ हाम्रो थोरै अन्तर्बिरोध पनि छन् । अन्तर भएको हुनाले हामी अलग पार्टी हौँ । तर फेरि मुलभुत मुद्दा चाहीँ फेरि त्यहाँनिर मिल्छ । काँग्रेस सँग र एमालेसँग मिल्दैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको मुद्दा र पहिचान र अधिकार सहितको राज्यको संघीय पुनःसंरचनाको मुद्दा बढी माओवादीसँग मिल्छ । यो समानताले गर्दा पनि हामीले चुनावी तालमेल गर्दा विचारलाई पनि ध्यान दिनुपर्छ ।’

उहाँले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पार्नुभयो । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माणमा सहमती जुटेमा एकता हुनसक्ने बताउनु भयो ।