१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड र एटलेटिको बराबरी



अ+ अ-

युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिगमा संघर्षरत म्यानचेस्टर युनाइटेडले बुधबार एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । एटलेटिकोले आफ्नो गृह मैदानमा भएको खेलमा जाओ फेलिक्सको गोलले अग्रता लिएको थियो ।

हारको अवस्थामा पुगेको युनाइटेडका लागि दोस्रो हाफको अन्तिम समयमा एन्थोनी एलान्गाले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । यी दुई क्लबबीच लेगको दोस्रो खेल म्यान्चेस्टरको गृह मैदानमा हुनेछ ।  

बुधबारकै अर्को खेलमा बेनफिका र आयाक्सले २–२ को बराबरी खेलेका छन् । यस नतिजापछि आयाक्सले पनि दोस्रो लेगको खेलमा गोलको फाइदा पाउन सक्नेछ ।