एजेन्सी । च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ ।
बिहीबार राति इस्तानबुलमा सम्पन्न समूह चरणको ड्रमा फ्रान्सेली टोली पिएसजी र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका छन् ।
यस्तै समूह चरणमै साविक विजेता चेल्सीले इटालियन क्लब युभेन्ट्सको सामना गर्नेछ भने जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछ ।
च्याम्पियन्स लिगको फाइनल रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा २८ मेमा हुनेछ ।