११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

डढेल्धुराका जिल्ला सभापति मल्लको समर्थन निधीलाई, दबाबमा देउवा

डढेल्धुराका जिल्ला सभापति मल्लको समर्थन निधीलाई, दबाबमा देउवा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस डढेल्धुराका जिल्ला सभापती  कर्ण मल्ल बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा देखिएका छन् । 

शुक्रबार पार्टीका उपसभापती  विमलेन्द्र निधिले १४ औँ महाधिवेशनको तयारी स्वरुप  खोलेको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा मल्ल सहभागी भएका हुन्।

उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाका जिल्ला सभापती पनि उपस्थित भएको कुरालाई अर्थपुर्णरुपमा लिइएको छ ।

देउवा पत्नी आर्जु राण देउवासँग टकरावका कारण मल्ल १३ औं महाधिवेशन यता निकै टाढीएका छन् । विगतमा नेपाली कांग्रेस प्रभावशाली पुरुमा रहेका स्वर्गीय खुमबहादुर खड्काका निकट रहेका मल्ल पछिल्लो समय पौडेल खेमामा रहेको बताईन्थ्यो ।

तर आज उपसभापति निधिले खोलेको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा मल्लपनी सहभागी रहेका छन् ।

कांग्रेसभित्र हिन्दुधर्मको एजेण्डालाई बोक्ने मध्येका मल्लपनि एक हुन् । आर्जु र उनीबिच लामो समय देखि टकराव छ ।

मल्ल डढेल्धुरा जिल्लामा कांग्रेस कार्यकर्ता मात्रै नभई जनतामा समेत लोकप्रिय मानिन्छन् । जसकै कारण पार्टी भित्र अन्तरघात भएपनि उनले प्रदेश सभाको निर्वाचनमा वामगठन्धनका बिचपनि चुनाव जितेको कांग्रेस कार्यकर्ता बताउँछन् ।