९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले नेपाल र ठाकुरको पार्टी दर्ताको जानकारी संसद् सचिवालयलाई पठायो



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक पार्टी नेपाल (लोसपा) दर्ता भएको जानकारी संसद् सचिवालयलाई गराएको छ । 

आयोगले बुधबार दर्ता भएका माधव कुमार नेपालको नेतृत्वमा (एकीकृृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको संसद् सचिवालयलाई आज जानकारी दिएको हो । 

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजित भएका थिए । 

एकीकृत समाजवादीमा एमालेका ३० सांसद् र लोकतान्त्रिक समाजवादीका लागि जसपाका १४ सांसद्ले बुधबार आयोगमा हस्ताक्षरसहित सनाखत गरेका थिए ।