११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

लोसपाले वातावरण बने सरकारसँग सहकार्य गर्ने

लोसपाले वातावरण बने सरकारसँग सहकार्य गर्ने
अ अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गर्नुभएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले पार्टी दर्ता नै भर्खर भएकाले सरकारमा सहभागीताका विषयमा छलफलपछि निर्णय गरिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टी भर्खर दर्ता भएको छ । सरकारले बोलाएर सोध्छ, अनि कुरा राख्छौँ, त्यसपछि सरकारमा जाने या नजाने कुरा आउछ ।”

लोसपाका कार्यकारिणी सदस्य केशव झाले अध्यक्ष ठाकुरको भनाइ उद्धृत गर्दै माग सम्बोधन हुने अवस्था भए र प्रधानमन्त्री देउवाले सरकारमा सहभागिताका लागि प्रस्ताव गरेको खण्डमा छलफल गरेर निर्णय गरिने बताउनुभएको छ । चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पार्दै अध्यक्ष ठाकुरले आफूहरु सत्तारुढ गठबन्धनमा नभएकाले चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरिने धारणा राख्नुभयो ।

निर्वाचन आयोगबाट यही बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीले औपचारिकरुपमा कार्यालय शुरु गरेको हो ।

पार्टी कार्यालय उद्घाटन तथा झण्डोत्तोलनमा लोसपाका अध्यक्षसहित वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति  थियो । यसअघि उक्त कार्यालय राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० स्थापनाताका सञ्चालनमा थियो । यसैबीच बदलिदो परिस्थितिमा समसामयिक विषयमा पार्टीको धारणा बनाउन लोेसपाको कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ ।