२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थिमिमा ८८ वर्षपछि सञ्चालित सातदिने महाकाली नाच सम्पन्न



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच आजदेखि सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीयाको साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुँदै आएको महाकाली नाच आजदेखि सम्पन्न भएको नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले बताउनुभयो ।

नाच पहिलो दिन पाचो, दोस्रो दिन पोबु, तेस्रो दिन गार्चा, चौथो दिन दिगु, पाँचौँ दिन बालकुमारी, छैटौँ दिन नासननी र सातौँ दिन दिगुटोलमा प्रदर्शन गरी सम्पन्न गरिएको हो । यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर) गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिएको बताउँदै संयोजक प्रजापतिले महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ भय नहुने जनविश्वास रहँदै आएको बताउनुभयो ।

मल्लकालदेखि चल्दै आएको महाकाली नाचको मूल गुरु श्रीगोपाल प्रजापति रहेको यो नाच अब हरेक वर्ष सञ्चालन गर्नेगरी तयारी गरिएको अर्का गुरु राजकुमार चक्रधरले बताउनुभयो ।

विभिन्न २१ वटा तालमा नाच्ने महाकाली नाचमा आठ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको छ । यस वर्ष नाचमा देवगण बनेर नाच्नेमा महाकालीमा गोपी प्रजापति, महालक्ष्मी आयुष प्रजापति, महादेवी कृष्ण भासिमा, बेतालमा अमन प्रजापति, रमित प्रजापति, कृजल प्रजापति र सुमन प्रजापति रहेका छन् ।

त्यस्तै कृष्ण प्याथं र रोम चक्रधर ख्याक, रोहन प्रजापति र सलोन प्रजापति भूत भैरव, निलव प्रजापति र सिजन प्रजापतिले कवाँ, विकेश प्रजापति सिंह, श्रवण श्रेष्ठ र इशान प्रजापतिले माक (बाँदर) र स्वस्थानी प्रजापति दैत्यको भूमिका निर्वाह गरेर नाच प्रदर्शन गरिएको छ । महाकाली नाचमा धाँ बाजा, दिँ बाजा, मुहाली बाजा र चावी बाजा बजाउने गरिन्छ । देवासुर सङ्ग्राममा आधारित रहेर कलात्मक ढङ्गले तान्त्रिक विधिअनुसार नाचिने महाकाली नाच भष्मासुर दैत्यका धार्मिक कथामा आधारित रहेर सञ्चालन गरिन्छ ।




भर्खरै