५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु राष्ट्र अभियानका लागि राप्रपाले थाल्यो आर्थिक सहयोग संकलन



अ+ अ-

काठमाडौं । राप्रपाले नेपालले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्र अभियानको घोषणा गरेका हुन् ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दिएको जानकारीको अनुसार वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वान सहित आजदेखि “कोष वृद्धि“ अभियान सुरु गरिएको हो ।

सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

आर्थिक सहयोग संकलन अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ ।