• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

नागरिकता विधेयकमा संविधानसँग बाझिनै कुनै कुरा छैन: बर्षमान पुन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले राष्ट्रपतिले पुन: विचारका लागि नागरिकता विधेयक फिर्ता पठाउँदा राख्नुभएको सन्देशमा संविधानसँग बाझिनै कुनै कुरा उल्लेख नभएको बताउनुभएको छ ।

उहाँले कुनै पनि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउँदा संविधानसँग बाझिएको अवस्थामा राष्ट्रपतिले पुनरविचारका लागि फिर्ता पठाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो । यद्यपि सन्देशमा संविधानसँग बाझिने कुनै कुरा उल्लेख नभएकाले नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पठाउनुपर्ने बताउनुभयो ।

उहाँले गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विधेयक प्रस्तुत गर्दा अत्यावश्यकका कारण विधेयक प्रस्तुत गरिएको र अझ केही कमी कमजोरी भए फेरि पनि नागरिकता ऐनमा संशोधन गर्न विधेयक प्रस्तुत गर्न सकिन्छ भन्नुभएकाले पनि तत्कालका लागि अहिले विधेयक पारित गरेर जानुपर्ने धारणा राख्नुभयो ।