२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसोमा विधेयक प्रमाणीकरण भएन रातिमा पठाऔं: सांसद महत



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न दिउँसोमा पठाउँदा प्रमाणीकरण नभएकाले रातिमा पठाउनु पर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा व्यंग्यात्मक शैलीमा राति पठाउँदा प्रमाणीकरण हुन सक्ने बताएका हुन् ।

महतले राष्ट्रपति भण्डारीलाई रातिमा विधेयक प्रमाणीकरण गर्ने बानी परेको टिप्पणी गरे । उनले भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्यो । किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । त्यसो भएकाले यो दिउँसो नपठाउनुहोला ।’

महतले हाल एमालेको नेतृत्वमा रहेका अरु चार समिति फिर्ता लिएर लेखा समितिमा दिन सुझाव पनि दिए ।