२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले प्रधानमन्त्रीको परामर्शमा नागरिकता विधेयक फिर्ता गरेको एमालेको दाबी (भिडियो)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर नागरिकता विधेयक फिर्ता पठाएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने ,राष्ट्रपतिले नागरिकता विधेयकमा फेरि छलफल गर्ने मौका दिनुभएको छ ।यसलाई एमालेसँग जोडेर होइन, सिङ्गो मुलुकको भावना बुझेर कानूनविदसँग परामर्श गरेर र मैले सुनेअनुसार स्वयम् प्रधानमन्त्रीसँग पनि परामर्श गरेर संसदमा पठाउनुभएको छ । समितिमा २२ महिना छलफल भएको विधेयक अकस्मात फिर्ता लिएर ७ वर्षे प्रावधान हटाइने संसारमा कहिँ पनि यस्तो व्यवस्था छैन । ’

नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई एमालेसँग जोडेर विवादमा ल्याउन खोजिएको भन्दै भट्टराईले आपत्ति जनाएका छन् । नागरिकतासम्बन्धी अध्यादेश र विधेयक एउटै नभएकाले यस विषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुनेमा उनको जोड थियो ।

साथै सांसद भट्टराईले समाजलाई विभाजित गरेर होइन, सबैलाई समेटेर अगाडि बढ्न आग्रह गरेका छन् ।