५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले प्रधानमन्त्रीको परामर्शमा नागरिकता विधेयक फिर्ता गरेको एमालेको दाबी (भिडियो)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर नागरिकता विधेयक फिर्ता पठाएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने ,राष्ट्रपतिले नागरिकता विधेयकमा फेरि छलफल गर्ने मौका दिनुभएको छ ।यसलाई एमालेसँग जोडेर होइन, सिङ्गो मुलुकको भावना बुझेर कानूनविदसँग परामर्श गरेर र मैले सुनेअनुसार स्वयम् प्रधानमन्त्रीसँग पनि परामर्श गरेर संसदमा पठाउनुभएको छ । समितिमा २२ महिना छलफल भएको विधेयक अकस्मात फिर्ता लिएर ७ वर्षे प्रावधान हटाइने संसारमा कहिँ पनि यस्तो व्यवस्था छैन । ’

नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई एमालेसँग जोडेर विवादमा ल्याउन खोजिएको भन्दै भट्टराईले आपत्ति जनाएका छन् । नागरिकतासम्बन्धी अध्यादेश र विधेयक एउटै नभएकाले यस विषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुनेमा उनको जोड थियो ।

साथै सांसद भट्टराईले समाजलाई विभाजित गरेर होइन, सबैलाई समेटेर अगाडि बढ्न आग्रह गरेका छन् ।