११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

दिगो विकास लक्ष्यसँग सम्बन्धित सुचकहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन

दिगो विकास लक्ष्यसँग सम्बन्धित सुचकहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौति तथा समाधानका उपायहरु बारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औँल्याएको छ ।

समितिले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यहरुलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने निर्णय पनि गरेको छ । समितिले तीन वटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्ति तर्फ पहल गर्ने निर्णय समेत गरेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

सभापति भट्टले भन्नुभयो, “आजको बैठक र छलफलपछि यो समिति नेपाल सरकार तथा सरोकारवालाहरुलाई देहायबमोजिमको जिज्ञासा वा उहाँहरुलाई निर्देशन दिन्छ र दिगो विकास हासिल गर्न संसद र सांसदको पनि विशेष भूमिकाको लागि निम्न प्रतिवद्धता व्यक्त गर्दछ । हामीले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगतिबारे र चुनौति तथा समाधानका उपायहरु बारे छलफल र अनुगमन गर्नु जरुरी छ ।

त्यसैले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ र चरणवद्ध रुपले समितिले अनुगमन पनि गर्नेछ । दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यहरुलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने हुन्छ, त्यसैले समितिले तीन वटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्ति लक्ष्य तर्फ पहल गर्ने निर्णय गरिन्छ ।

संसद र प्रदेशको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका मान्यहरु मार्फत् दिगो विकास लक्ष्यलाई बढी भन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने कुरा लकडाउनले गर्दा असर परेको धुलिखेल घोषणा पद्धतिको विकास लक्ष्यप्रति संसदको प्रतिवद्धता पत्रको पुनः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिन्छ ।”

सभापति भट्टले संसद र प्रदेशको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका मान्यहरु मार्फत् दिगो विकास लक्ष्यलाई बढी भन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने कुरा लकडाउनले गर्दा असर परेको धुलिखेल घोषणा पद्धतिको विकास लक्ष्यप्रति संसदको प्रतिवद्धता पत्रको पुनः कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको बताउनुभयो ।

पूर्व सचिव जनकराज जोशीले दिगो विकास तथा सुशासन समितिले धुलिखेल घोषणा पत्र मार्फत् प्रदेश र स्थानीय तहलाई समेट्ने काम गरेको भएपनि प्रतिवद्धता अनुसार दिगो विकासको स्थानीयकरण हुननसकेको बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहहरुसंग समन्वय गरि फोकल एजेन्सीको रुपमा रहेका निकायसंग समितिले प्रगती विवरण बारे निरन्तर छलफल बहस चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रिय योजना आयोगलाई हामीले फोकल एजेन्सीको रुपमा यसलाई तोकेका छौँ, राष्ट्रिय योजना आयोगले एउटा दस्ताबेज तयार गरिदिएको छ । दस्ताबेजहरु कसरी हेर्ने, के गर्ने, कसरी गर्ने भन्ने विषयमा अत्यन्त प्राविधिक पक्षको दस्ताबेज हो, त्यो दस्ताबेज अनुसार काम हुन सकिरहेको छ कि छैन भन्ने कुराको अनुगमन कहाँबाट हुने के हुने त्यो पनि आइरहेको छैन । समितिको तर्फबाट १५ वर्षको लक्ष्य निर्धारण गरेकोमा ५ वर्ष सकिसक्यो, एक तिहाइ समय व्यतित भइसक्यो, एक तिहाइको अवधिमा जुन मैले राखेको लक्ष्यहरु हो, त्यो लक्ष्य कति र हामी कुन चरणमा पुगेका छौँ भनेर पनि हामीलाई थाहा छैन । त्यसमाथि कोभिड महामारीको अवस्थामा हाम्रो योजना आयोगले सोच्ने के हो ? आयोग एउटा फोकल एजेन्सी भएकोले उसले पनि एउटा प्राविधधिक हिसावले भनिदिपर्यो कि समितिहरुलाई, प्रदेशहरुलाई कसरी जाने भनेर । हामीले एसडीजीलाई स्थानीकरण गर्ने भनेर भनेका छौँ यसका चेकलिस्टहरु पनि तयार भएका छन् । ती चेकलिस्टहरुको अवस्था के छ ? आयोगले तयार गरेको दस्ताबेज कता कता अलिकति बेवारिसे, त्यसले संरक्षक नपाएको, भनेको जस्तो देखिएको छ । र बजेट तर्जुमा गर्दा एसडिजीले तयार गरेका लक्ष्यहरु हासिल गर्नका लागि कसरी जानुपर्छ भन्ने विषयमा खासै ध्यान दिइएको पाइँदैन । यदि दिइएको हुन्थ्यो भने एसडिजी लक्षित भनेरै पनि बजेटमा आउँथ्यो होला । ”

पछिल्लो समय निरन्तर दिगो विकास लक्ष्य प्राप्तीबारे विज्ञहरुसंग छलफल गरिरहेको समितिले आईतबारको बैठकमा प्रदेशका एसडिजी च्याम्पियन सांसदहरुलाई पनि जुम मार्फत छलफलमा सहभागी गराएको थियो । बाग्मति प्रदेशका सांसद रमेश पौड्यालले विकाका कार्यक्रम र बजेटलाई दिगो विकास लक्ष्य संग जोड्न नसकिएको बताउनुभयो । उहाँले सबै प्रदेशका बजेटलाई दिगो विकासको नजरबाट अध्ययन गर्न पनि समितिलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “यो समितिले प्रदेशहरुले बजेट निर्माण गर्दै गर्दा कुन कुन क्षेत्रमा कसरी दिगो विकास लक्ष्य संग बजेट जोडिएको छ भनेर अध्ययन गर्दा यथार्थ चित्र बाहिर आउँछ भन्ने लाग्छ ।”

समितिले प्रदेशको बजेट विनियोजन तथा विकासका कार्यक्रमलाई दिगो विकास लक्ष्य प्राप्तिमा जोड्ने गरि भूमिका निर्वाह गर्न सबै प्रदेशमा एस।डी।जी। च्याम्पियन सांसदहरुको समुह बनाएको  छ । साथै दिगो विकास लक्ष्य कार्यान्वयनमा संसदीय निगरानी सम्बन्धी परीक्षण सूची तयार पारी प्रदेश सांसदहरुलाई सोही अनुसार विकासका कार्यमा निगरानी पूर्ण भूमिका निर्वाह गर्नका लागि समन्वयनकारी भूमिका निर्वाह गर्दे आएको छ ।

बैठकमा समिति सदस्यहरु बामदेव गौतम, दिनानाथ शर्मा, माया प्रसाद शर्मा, गंगा कुमारी बेल्वासे लगायतले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरि संघ र प्रदेशबीच पुलकोे भूमिका निर्वाह गर्नका लागि समितिले सबै प्रदेशमा एस।डी।जी। च्याम्पियन सांसदहरुको समुह बनाएको उल्लेख गर्दै प्रदेशसंगको छलफल बढाउनुपर्ने आवश्यकता औल्याएका थिए ।