काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केही दिन यता एमाले अध्यक्ष केपी ओली प्रति निरन्तर आक्रामक अभिब्यक्ति दिदै आउनु भएको छ । समाजबादीकाे पहिलो संसदीय दलको बैठकमा पनि उहाँले नयाँदलको अबको बाटो र रणनीति मा भन्दा पनि ओलीको आलोचनामा नै केन्द्रित रहनु भयो ।
उहाँले लगाउदै आरोपलाई फेरी निरन्तरता दिदै ओली कै कारण पाटीृ फुटेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो व्यक्तिवादी चरित्र र चिन्तनको विरोधमा शुरूदेखि आलोचना गरियो, सुधारको लागि अनेक प्रयास गरियो तर उहाँमा कुनै सुधार आएन त्यसैले यो अबस्था आयो ।
आफ्ना गुट बाहेक अरुको कुरा नसुन्ने ,नीति तथा कार्यक्रम र बजेटमा बिभेद गर्ने ,संसदभित्र पनि आफनो गुटका मान्छेहरूलाई मात्रै बोल्न दिने जस्ता काम भएको आरोप लगाउनु भयो । नेता नेपालले भन्नुभयो एककैदिनमा तीनजनालाई प्रधानमन्त्रीको आश्वासन दिने काम गर्नु हुन्थ्यो ।
सबैलाई उल्लु बनाउने काममात्रै गर्नु हुन्थ्यो । प्रधानमन्त्री भइरहनका लागि अनेक नाटक मञ्चन गर्नु भयो । नैतिकताको कुनै ख्याल गर्नु भएन । प्रधानमन्त्रीबाट हट्नुभयो तर यसको जिम्मेवारी अरू हुन भनेर उल्टै आरोप लगाउनुभयो । चिन्तनमा समस्या आएपछि व्यवहार त्यस्तो गर्नु भयो त्यो प्रष्टै छ । त्यसैले बिद्रोहको बिकल्प भएन नेता नेपालले भन्नुभयो ।








