धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा सोमबार सवारी दुर्घटनामा परी ३५ जना घाइते भएका छन् ।
ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशीतर्फ आउँदै गरेको बा ३ ख ५६२६ नम्बरको आइचर रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिफरमा ठोक्किदा दुर्घटना भएको हो ।
घाइते मध्ये ४ जनालाई हेलिकप्टर र ३ जनालाई एम्बुलेन्स मार्फत् काठमाडौं पठाइएको छ भने बाँकी घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










