९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास
अ अ+ अ-

भजनी । कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन । रातिको समयमा चारदेखी पाँच पटक उहाँले कर्णाली नदीतिर नजर लगाउने गरेको बताउनुभयो । गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उहाँ बताउनुहुन्छ ।

“दिनभर काम गरेर थकित भइन्छ । बाढीको त्रासले निन्द्रा लाग्दैन ।” कुन्तीले भन्नुभयो, “सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ ।” सोही ठाउँका इन्द्रबहादुर चौधरी केही वर्ष बाढीको त्रासबाट छुटकारा पाएको भएपनि वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको बताउनुहुन्छ । उहाँले कर्णाली नदीका कारण आफूहरु सधैँ त्रासमा रहने बताउनुभयो ।

“अहिलेसम्म नदीमा पानी नबढेका कारण मनमा शान्ति नै छ । त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन ।” इन्द्रबहादुरले भन्नुभयो, “तराईमा पानी नपर्दा पनि बाढी आउँछ ।” पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ ।

कृषि व्यवसायी धनसिंह साउँद करिब २५ देखि ३० बिघामा धान खेती गर्नुहुन्छ । उहाँले गर्ने धान खेती त्यहीँ कर्णाली नदीको आसपासमै हो । गत वर्ष कार्तिकमा आएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै साउँदले कर्णाली नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । समयमै बीउबिजन र मलखादको अभाव झेल्दै आएका साउँदले बाढीकै कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

“एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुँदै गएको छ भने अर्कोतिर बर्सातको समयमा शान्तिको सास फेर्न पाइँदैन ।” साउँदले भन्नुभयो, “नदी तटबन्धका लागि कैयौँ पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ । समस्याजस्ताको त्यस्तै छ ।” वडा नं ८ कै श्रीलङ्कामा खेतीयोग्य सयौँ बिघा जमिनमा बाढी पसेको छ । बर्सेनि नदीले जमिन कटान गर्दै आएको भएपनी त्यसलाई निरीह भएर हेर्नुको अर्को विकल्प किसानसँग छैन ।

अहिले बाढीको जोखिम रहेको क्षेत्रमा स्थानीयले जैविक तटबन्धको काम सुरु गरेका छन् । स्थानीय बस्ती बचाउनका लागि एकजुट भएर नदी नियन्त्रणको प्रयासमा उनीहरु लागेका हुन । नदीकै कारण सत्ती कर्णाली सामुदायिक वनको सयौँ बिघा बगरमा परिणत भइसकेको छ । बर्सेनि नदीले कटान गर्न थलेपछी जङ्गलको क्षेत्र खुम्चिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सो क्षेत्रमा तटबन्धको लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको थियो । निर्माण कम्पनीले काम गर्न नसकेपछि अहिले आयोजनाले पुरानो ठेक्का तोडेको छ ।

“नदीले एकातिर जंगल बर्सेनि नष्ट गर्दै गएको छ भने अर्कोतिर वस्ती जोखिममा पर्दै गएको छ ।” सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले भन्नुभयो, “गौरवको आयोजनाको लापर्बाही र ठेकेदारको ढिलासुस्तीका कारण सयौँ बिघा जङ्गल बगर बनिसकेको छ ।” गत वर्ष कात्तिकमा टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाध भत्काउँदा नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का अधिकांश स्थान डुबानमा पर्दा ठूलो धनमालको क्षति भएको थियो । रासस