११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

काठमाडौंमा चित्रकला प्रदर्शनी शुरु (भिडियोसहित)

काठमाडौंमा चित्रकला प्रदर्शनी शुरु (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ । इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । 

कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित आयोजना चित्रकला प्रदर्शनी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाका कारण धेरै जना सिनियर आर्टिस्टहरुलाई समेट्न पाएनौँ, डाइरेक्ट ग्यालरिमै पेन्टिङ पुर्याउनेहरुलाई मात्र समेटेका छौँ । यस वर्ष हामीले हिमालयन आर्ट एग्जिबेशन मात्रै गर्यौं, तर गत वर्षहरुमा दशैँअघि हिमालय आर्ट फेस्टिबल गथ्र्यौं । तर यस वर्ष यस्तो पेण्डामिक समयमा सहज छैन, यो वर्षको लकडाउनले हामीलाई निराश बनाएको छ, काम गर्ने मूड नै छैन, हामीले पेन्टिङ नकोरी समस्या हुन्छ, त्यसैले यस्तो बेलामा पनि काम गर्दै जाउँ भनेर गरेका हौँ, सबैलाई समस्या नै छ, आर्टिस्टलाई मात्रै होइन, सबैलाई यस्तै छ, तर आर्टिस्टलाई झनै समस्या छ, त्यसैले यस्तो बेलामा पनि फेस्टिबल आयोजना गरेका हौँ।

प्रदर्शनीमा ब्याबसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताउनुभयो । प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना अलि नर्मल भएको बेला गरौँ, नेपाली आर्टिस्टहरुलाई अलि इजी पनि होस् भनेर हामीले एग्जीबेशन गरेको हो । यहाँ ६०,६५ जति आर्टिस्टहरु हुनुहुन्छ । हामीले दशैँ अगाडि गर्दै आएको हो, यस वर्ष फेस्टिभल गर्न सकेनौँ तर एग्जिबेशन गरेका हौँ ।’

चित्रकला प्रदर्शनीमा सहभागि चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस गरेको बताउनुभयो । उहाँले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाको पेण्डामिकले गर्दा फ्री भएर काम गर्न नपाइरहेको अवस्थामा त्यसमाथि मेण्टल्ली भित्रबाट बाँधिरहेको अवस्थामा यो फेस्टिबल केही उत्साहका लागि गरेका हौँ । पेण्डामिकले सबै काम रोकिरहेको जस्तो भएको थियो । यस्ता प्रोग्रामले आर्टिस्टहरुलाई इनर्जी आउँदो रहेछ, अनलाइनबाट आर्ट देखाइरहेपछि फिजिकली उपस्थित भएर देखाउन पाउँदा छुट्टै इनर्जी आउँदो रहेछ ।’

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उहाँले बताउनुभयो । आज (सोमवार) भाद्र १४ गतेबाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतवारसम्म चल्नेछ ।