२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आयोजना नसकिँदासम्म प्रमुख बदल्नु हुँदैन’



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशकुमार तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना समयमै सकाउन त्यो आयोजना पूरा नहुँदासम्म प्रमुख परिवर्तन गर्न नहुने बताउनुभएको छ ।

आज बसेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले कर्मचारीका काममा समस्या नै भएको अवस्थामा बाहेक मन्त्री वा सचिव परिवर्तन हुनासाथ प्रमुख परिवर्तन गर्न नहुनेमा जोड दिनुभयो । कालीगण्डकी करिडोरमा बेनी–लेते खण्ड समस्याग्रस्त रहेकाले समाधान गरेर निर्माण अघि बढाउनुपर्नेमा उहाँको जोड छ । करिडोरअन्तर्गत चीनको सीमासम्म नै सडक चाँडो कालोपत्र गर्न लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चीनले भन्सारका लागि भवन नै बनाइसकेकाले नेपालतर्फ पनि सडक निर्माण गर्न जरुरी छ ।”

समितिका सदस्य अनिता देवकोटाले राष्ट्रिय गौरवका आयोजनामा कानुनीलगायत कुनै पनि समस्या आउन नदिने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो । समिति सदस्य दिलकुमारी रावल थापा ९पार्वती० ले कालीगण्डकी राजमार्ग विसं २०८३÷८४ सम्ममा सम्पन्न गर्नुपर्ने हुँदा सो अवधिमा सम्पन्न नहुने देखिएको बताउनुभयो । समितिका सदस्य राजेन्द्रलक्ष्मी गैरेले पहिले निर्माणका क्रममा कालीगण्डकी खोलाकै नदीजन्य सामग्रीको प्रयोग भए पनि व्यवसायीले चाहिनेभन्दा बढी निकालेपछि समस्या आएको उल्लेख गर्नुभयो । सदस्य खिमलाल देवकोटाले सो आयोजनामा रहेका समस्या समाधानतर्फ लागेको पाइए पनि अझै समयमै सकिनेमा शङ्का रहेको बताउनुभयो । सदस्य जयन्ती राईले राष्ट्रिय गौरवका आयोजनामा सम्बद्ध व्यक्ति र संस्था जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कालीगण्डकी करिडोर समयमा सम्पन्न हु्ने विषय अर्थ मन्त्रालयले समयमा बजेट सुनिश्चित गर्ने कुराबाट निर्धारण हुने बताउनुभयो । एउटै पुल वा सडकमा पनि एउटा कामबाट अर्को काममा रकम लैजानका लागि पनि अर्थ मन्त्रालयसम्म पुगेर स्वीकृत गराउनुपर्ने हुँदा काममा झन्झट भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयबाट नै हुँदा काम गर्न सजिलो हुनेछ ।”