११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

राष्ट्रियसभा: मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

राष्ट्रियसभा: मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ ।

तेलको मूल्य घटबढ हुँदा सामान्यतः समायोजन गर्ने चलन रहे पनि त्यसो नगरिएको उल्लेख गर्दै राष्ट्रियसभाको विशेष समयमा सांसद भट्टराईले भन्नुभयो, “नियमतः यो समायोजन हुनुपर्ने हो, यस बारेमा सरकारको ध्यान छैन, अरू वस्तुको मूल्य वृद्धि हेर्ने हो भने जनताको ढाड सेकिएको छ, एक वर्षमा एक सय १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।”

उहाँले डिजेलमा ७१, पेट्रोलमा ५४, ग्यासमा २६, चामलको पीठोमा एक सय १७, कालो भटमासमा ७५, चामलामा ७७ र तोरीको तेलमा ५८ प्रतिशत वृद्धि भएको जानकारी गराउनुभयो ।

जनताले उपभोग गर्ने खाद्यान्नमा मूल्यवृद्धिले ढाड सेकिएको र जनतामा गरिबी बढ्दा विभिन्न आपराधिक गतिविधि बढेकोतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । लोकतन्त्रमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा जनताको समस्या भए पनि त्यसतर्फ सरकार गम्भीर हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।

सांसद भट्टराईले कालापानी लिम्पियाधुरा लिपुलेक फिर्ता ल्याउने र सन् १९५० को सन्धिलाई पुनरावलोकतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले ओम्नी लगायतका विषयमा एक÷एक गरेर छानबिन गर्न आग्रह गर्दै त्यसमा आफ्नो पार्टीले कुनै गल्ती नगरेको जिकिर गर्नुभयो । उहाँले चुनाव र त्यसको तयारी धाँधलीरहित बनाउन पनि आग्रह गर्नुभयो ।

विशेष समयमा अर्का सांसद प्रकाश पन्थले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन लगायतका महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताउनुभयो । राजनीति र व्यवस्थामा स्थिरता भयो भने शान्ति सुव्यवस्था र विकास हुनेतर्फ ध्यान दिँदै त्यही अनुसार अघि बढ्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो । उहाँले गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने र आगामी मङ्सिर ४ को निर्वाचनमार्फत एउटा सन्देश दिन जरुरी रहेको औँल्याउनुभयो ।

सांसद गङ्गाकुमारी बेलवासेले महिलाको समान प्रतिनिधित्वको विषयमा गम्भीर बन्न सबै दललाई आग्रह गर्नुभयो । संविधानमै भएको व्यवस्था कार्यान्वयन हुन नसकेकामा उहाँले दुखेसो गर्नुभयो । उहाँले महिलाहरु प्रत्यक्ष निर्वाचनमा नपर्ने र परे पनि जित्न नसक्ने ठाउँमा उम्मेदवारी दिने अवस्था रहेको बताउनुभयो । उहाँले महिला सहभागिता सम्बन्धी प्रतिनिधिसभामा दर्ता भएको सार्वजनकि महत्वको प्रस्तावमा ऐक्यबद्धता रहेको बताउनुभयो ।

सांसद सिंहबहादुर विश्वकर्माले राष्ट्रिय दलित आयोगले खेल्नुपर्ने भूमिका प्रभावकारी नभएकामा चिन्ता प्रकट गर्नुभयो । सांसद शेखरकुमार सिंहले बेलैमा ध्यान नपुग्दा सुनसरीको बाढी पसेर सुनसरी, उदयपुर र सप्तरीका २० हजार जनता विस्थापित हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

उहाँले अझै पनि ध्यान नदिएमा बेलका नगरपालिकाबाट थप फुट्यो भने कोसीको सीमाना कम्तीमा रौतहटसम्म पुग्ने आशङ्का व्यक्त गर्दै समयमै नदी व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुरेश आलेमगरले जनताको माग र पहिचानका आधारमा प्रदेश १ को नामकरण गर्न माग गर्नुभयो । उर्मिला अर्यालले महिलाहरुको प्रतिनिधित्व घट्दै जाने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । उहाँले पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३० महिला, दोस्रोमा आउँदा १० र त्यसपछिको संसदीय निर्वाचनमा आउँछ ६ जना महिला संसद्मा प्रतिनिधित्व हुनुले पनि समान सहभातिगाको सवाल कमजोर हुँदै गएको देखिएको बताउनुभयो ।

सांसद जितेन्द्रनारायण देवले केही दिनभित्रै नेपालका दैलेखका एक व्यक्ति कुकुर कामीबाट कविराम कामी हुन लागेकामा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले यो सरकारले युगान्तकारी कामहरु गरेको स्मरण गर्दै प्रतिपक्षी दल रचनात्मक हुनुपर्नेमा नकारात्मकवादको सिकार भइरहेको बताउनुभयो । उहाँले नयाँ ढङ्गको राजनीतिक संस्कारको जरुरी रहेको पनि बताउनुभयो । बैठकको विशेष समयमा सांसदहरु भगवती न्यौपाने र उदयबहादुर बोहराले समेत समसामयिक विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।