२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्रीको चासो



file
अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिनुभएको छ ।

उहाँले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) रवीन्द्रबहादुर धानुक, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौँ जिल्लाका सुरक्षा प्रमुखलाई यथाशक्य छिटो आगलागी नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

एआइजी धानुकले गृहमन्त्रीको निर्देशनअनुरुप थप शक्ति पठाएर आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको छ । काठमाडौँका प्रजिअ रिजालले विद्युत् सट भएर सो आगलागी भएको जानकारी दिनुभयो ।