५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठक बस्दै, चुनावी रणनीति तय गर्दै



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विभिन्न पार्टी कमिटीको बैठक बोलाउने भएको छ ।

एमालेले आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक सकेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्न केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने भएको हो ।

सबैभन्दा पहिला केन्द्रीय कार्यालयको बैठक बस्ने र सो बैठकले सचिवालय बैठक बोलाउने बताइएको छ । सचिवालय बैठकले स्थायी कमिटी, स्थायी कमिटीले पोलिटब्यूरो कमिटी र पोलिटब्यूरो कमिटीले केन्द्रीय कमिटीको बैठक बोलाउने छ ।

ती बैठकबाट आसन्न निर्वाचनलाई केन्द्रविन्दु बनाएर कार्यक्रम र कार्ययोजना बनाइने बताइएको छ । आज बुधबार सम्भवतः केन्द्रीय कार्यालयको बैठक बस्ने र बिहीबार सचिवालयको बैठक बस्नेछ ।