५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपतपछि आश्रयस्थल बनेको श्रीलङ्का टापु



अ+ अ-

विराटनगर । सप्तकोसी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपत्र परिवारका लागि आश्रयस्थल बनेको छ । विसं २०४५ अघि सप्तकोसी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो । सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोँच हुँदै दक्षिणतर्फ बग्ने सप्तकोसी अहिले आएर फेरि पुरानै धार डुम्रीबोटे कटान गरी पुरानै धारतर्फ केही पानी बग्न थालेको छ । बाह्र वर्षमा खोला फर्किन्छ भत्रे उदाहरणलाई सप्तकोसी नदीले ३४ वर्षपछि प्रमाणित गरेको बेलका नगरपालिका–२ भागलपुर निवासी खड्गबहादुर श्रेष्ठले बताउनुभयो ।

कोसी नदीको पानीले अहिले बेलका नगरपालिका–१, २, ३, ८ र ९ लाई असर पारेको छ । कोसीको पानीबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा लगी उहाँहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाएको बताइएको छ ।

बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसहरुले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको छ । वर्षातमा तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोसीमा अहिले पानी कति छ त्यो जानकारी नभए पनि नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराह क्षेत्र नगरपालिकामा असर पारेको बताइएको छ ।

यदि सप्तकोसी नदी बेलकालाई चिरेर बाहिर निस्कने हो भने यो पानी उदयपुरको तिलजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुरसम्म असर गर्ने प्रारम्भिक अनुमानअनुसार त्यस क्षेत्रमा अहिले पनि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । अहिले पनि बेलका नगरपालिकाको भाटेपुलस्थित सिर्जना टोल डुबानमा परेको देखिन्छ ।

पुरानो धार परिवर्तन हुँदा बगरपछि खेतीयोग्य बनेको सो क्षेत्रमा मानिसले बिस्तारै खेतीपाती र बसोबास गर्न थालेका थिए । अन्य क्षेत्रका मानिस कोसीको बाढी देखेर पीर माने पनि श्रीलङ्का क्षेत्रमा बसोबास गर्ने मानिस आनन्दले आफ्ना खेतीपाती र घरव्यवहार गरिरहेका छन् ।

स्थानीयवासीका अनुसार कोसी पुरानै धार फर्के पनि श्रीलङ्का टापुमा पानी पस्दैन भत्रेमा ढुक्क छन् । उहाँहरुकाअनुसार यो ठाउँ निकै अग्लो भएकाले त्यति सजिलै पानी पस्ने अवस्था छैन । त्यसैले खेतीपातीमा नै बढी व्यस्त हुने गरेको उहाँहरुको भनाइ छ ।

 

बराह क्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टापु क्षेत्रमा लगभग एक हजार दुईसय मतदाता छन् । निर्वाचनमा कोसीमा डुङ्गा चढेर पारि मतदानका लागि यहाँका मानिस पुग्छन् । अहिले सो टापुमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट क्षेत्र सञ्चालनमा आएको छ ।

बेसारका लागि २० बिघा जग्गामा परियोजनाले केही लगानी गरेको बराहक्षेत्र नगरपालिका कृषि विकास शाखाका प्रमुख निरबहादुर राईले जानकारी दिनुभयो । उहाँले बगरलाई खेतीयोग्य जमिन बनाएर सबै किसिमको बाली उत्पादन गर्नाका साथै दाल, तेलहन र मौसम अनुसारको तरकारी बाली उत्पादन गरी राज्यलाई विभित्र उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो ।

शाखाप्रमुख राईले बाहिरबाट हेर्दा निकै विकट र झन्झटिलो मानिने यो स्थानको बेग्लै महत्व रहेको, प्राकृतिक हावापानी, चराचुरुङ्गीको चिरबिर आवाज, विभित्र बालीहरु खेतमा लहलहाएको देख्दा आनन्द लाग्छ भत्रुभयो ।

यस्तै, रामउदगार महतोले सुरुमा यहाँ खेती गर्न समस्या भए पनि अहिले सहज भएको छ भन्नुभयो । स्थानीय पालिकाले बिजुली, स्वास्थ्य केन्द्र र विद्यालय स्थापना गरेको छ । त्यसैले हामीलाई यहाँ बस्न रमाइलो लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । श्रीलङ्का टापु क्षेत्रमा पर्ने रामपुर र नारायणपुर बस्तीमा जान सरकारले चार वर्षअघि ८५ मिटर लम्बाइको झोलुङ्गेपुल निर्माण गरेको छ । रासस