८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान

सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आइतबार दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गरेको छ ।

आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रमअन्तर्गत नेपालको पर्वतारोहण प्रवद्र्धनसम्बन्धी ‘माउन्टेनियरिङ एन्ड ट्रेकिङ इन नेपाल’ विषयक कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले नेपाल र चीनबीच रहिआएको सौहाद्र्रपूर्ण द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै दुई मुलुक बीचको उच्चस्तरीय भ्रमणहरु तथा जनस्तरमा हुने आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने बताउनुभएको दूतावासले जनाएको छ ।

कार्यक्रमको प्रमुख उद्देश्य नेपालका तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गर्ने तथा नेपालमा रहेको पर्वतारोहण र ट्रेकिङ पर्यटनको प्रचुर सम्भाव्यताका बारेमा प्रवद्र्धन गर्नुरहेको थियो । उहाँले पर्यटकका लागि नेपालमा प्रचुर मात्रामा प्राकृतिक एवम् सांस्कृतिक विविधता रहेको उल्लेख गर्दै सगरमाथासहित आठ हजार मिटरभन्दा बढी उचाइ भएका आठ हिमालचुलीहरु, बुद्धको जन्मस्थल लुम्बिनी तथा नेपालमा रहेका विश्व सम्पदा सूचीकृत पर्यटकीयस्थलका बारेमा जानकारी गराउनुभएको भयो । उहाँले सहभागीलाई नेपाल भ्रमण गर्न र नेपालमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि आह्वान गर्नुभयो ।

कार्यक्रममा उपस्थित नेपालका तर्फबाट सगरमाथा आरोहण गरेका ३१ चिनियाँ नागरिकलाई राजदूत श्रेष्ठले खादा लगाई सम्मानपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा आरोहीका तर्फबाट तीन जनाले आरोहणका क्रममा लिइएका तस्वीर एवम् भिडियोसहित सगरमाथा आरोहणबारे आफ्नो अनुभव समेटी प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत बेइजिङस्थित चाइना एड्भेन्चर एसोसिएशनका अध्यक्ष हान बो र इन्टरनेसनल माउन्टेन टुरिज्म एलाइन्सका बेइजिङस्थित सम्पर्क कार्यालयका प्रतिनिधि सु सिमिङले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी नेपाल माउन्टेनियरिङ एसोसिएशनका अध्यक्ष निमानुरु शेर्पा र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले भर्चुअल माध्यमबाट प्रस्तुतिकरण गरी नेपालको पर्वतारोहण तथा ट्रेकिङको विशेषता एवं आकर्षणका बारेमा प्रकाश पार्नुभएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सगरमाथाको चार पटक आरोहण गर्नुभएका चिनियाँ नागरिक सिया बोयुले सगरमाथा आरोहणको आफ्नो अनुभव समेटेको मर्मस्पर्शी भिडियो देखाउँदै चिनियाँ नागरिकलाई सगरमाथाको आरोहण गर्न उत्साहित बनाउनुभएको थियो । सिया बोयु कृत्रिम खुट्टाले सगरमाथाको आरोहण गर्ने पहिलो चिनियाँ नागरिक हुनुहुन्छ । उहाँले सगरमाथा आरोहणका क्रममै आफ्नो खुट्टा गुमाउनुभएको थियो ।

सगरमाथा आरोहणलाई समेटेर क्याप्टेन माउन्ट एभरेष्ट चलचित्र निर्माण गर्नुभएका सगरमाथा आरोही वाङ पिङ तथा अर्का आरोही लुओ बिआओले सगरमाथा आरोहणका बारेमा आफ्ना अनुभव समेटी प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा नेपालको पर्यटकीयस्थल एवम् चिनियाँ सगरमाथा आरोहीहरुको तस्वीर प्रदर्शन गरिनाका साथै नेपालको पर्यटनसम्बन्धी भिडियोसमेत देखाइएको थियो ।