२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ ।

पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री देउवासँग भेट गरेको हो । सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उक्त भेटमा प्रधानमन्त्री देउवा र नेता खनालबीच समसामयिक राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र र विदेश नीति, आगामी निर्वाचन र गठबन्धन लगायतको विषयमा समेत छलफल भएको बताइएको छ ।