२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड



अ+ अ-

काठमाडौँ । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो ।

वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राई भन्नुहुन्छ, ‘राती ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो । हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ । त्यहाँबाट पत्र आएपछि वास्तविकता एकिन हुन्छ ।’ उहाँले पछिल्लो सूचनाका बारेका जानकारी दिँदै भन्नुभयो, ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।’

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै रोकेर राखिएका गाडीहरुको शिशा फोडिएको छ ।

घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्साल भन्नुहुन्छ, ‘महानगरमा बालेन्द्र शाह (बालेन) ले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको छ । शुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यही अनुसार काम ग¥यौँ । यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गयौँ । महानगरबाट बजेटको व्यवस्था ग¥यौँ । यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ ।’ इञ्जिनियर लम्साल भन्नुहुन्छ, ‘स्थानीय सबैको होइन, केहीका यस्ता माग छन् । जुन खुलेर माग्न सकिँदैन । त्यसलाई पूरा गर्न फोहोर व्यवस्थापमा अवरोध गर्नुलाई हतियार बनाइएको छ । हिजोको तोडफोड यसैको सृङ्खला हो ।’

समय क्रममा सबै कुरा बाहिर आउँछन् । अहिले यति भनौँ, आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुङ्गा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ् सेन्टर आफू अनुकुल सञ्चालन गराउन चाहन्छन् । लम्साल भन्नुहुन्छ, ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरुको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो कुरा व्यक्तिगत लाभका लागि सोच्नेहरुका लागि पचेको छैन ।’

तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन ।