२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमार्फत् मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । उहाँका अनुसार नयाँ थप भएका मतदातामा महिला चार हजार नौ सय ६६ र पुरुष मतदाता चार हजार आठ सय ६२ रहेका छन ।

यसअघि जिल्लामा दुई लाख ९५ हजार तीन सय ५४ कूल मतदाता रहेका थिए । थप नयाँ सहित मतदाता सङ्ख्या तीन लाख पाँच हजार एक सय ८२ पुगेको छ । “प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलनको कार्य स्थगित गरिएको छ”, अधिकृत जोशीले भन्नुभयो, “केही दिनभित्रै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्छौँ । यसमा नाम सच्याउने, ठेगाना सार्ने, मृत्यु भएका मतदाताको नामावली हटाउने लगायतका कार्य हुने छन् ।”




भर्खरै