२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

असमान ढंगले बढाइएको तलब लागु नहुने



अ+ अ-

काठमाडौँ । तलब असमान ढंगले बढाइएको कर्मचारीको तलब लागु नहुने भएको छ । अर्थ मन्त्रालयले मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा तलब ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्‍मा निर्णयका लागि सो प्रस्ताव पठाउने तयारी भएको थियो । तर अर्थमन्त्री जनार्दन शर्माले अहिले त्यसको कार्यान्वयनलाई थाँती राख्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले कर्मचारी ट्रेड युनियनका अधिकारीसँग पे कमिसनबाट सुझाव लिएर मात्र आवश्यक कदम चालिने बताए । बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेपछि त्यसको तल्लो तहका कर्मचारीहरुबाट चर्को आलोचना भएको थियो ।

चालु आर्थिक वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको भए पनि अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलब भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ। अन्तिम निर्णयका लागि सो प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको थियो । आज नियमितरुपमा बस्ने मन्त्रिपरिषद्को बैठकबाट सो प्रस्तावलाई निर्णय गराउने तयारीसमेत भएको थियो ।

मन्त्रालयले प्रस्ताव गरेको नयाँ तलबमानअनुसार शाखा अधिकृतको तलब साउनदेखि २४ प्रतिशत, उपसचिवको २३.३ प्रतिशत, सहसचिवको २३.३ प्रतिशत र सचिवको तलब १८.४ प्रतिशतले वृद्धि हुनेछ । तर सरकारले असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । बजेट घोषणाविपरीत सरकारले असमान ढंगले तलब वृद्धि गरेको उनीहरुको आरोप छ ।




भर्खरै