२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आविष्कार केन्द्र अध्ययन तथा अनुसन्धान गर्नेहरुका लागि प्राथमिक विद्यालय : महावीर पुन



अ+ अ-

न्यूयोर्क । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं सामाजिक अभियन्ता महावीर पुनले आविष्कार केन्द्र अध्ययन तथा अनुसन्धान गर्नेहरुका लागि प्राथामिक विद्यालय भएको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका पुनले नायग्राफल्स क्षेत्रमा रहेका नेपालीहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुनले भन्नुभयो, “आविष्कार केन्द्र सबैको साझा हो, नयाँ केही गर्न चाहनेहरुका लागि पाठशाला पनि हो, कुनै बेला यो विद्यालय हुँदै विश्वविद्यालयसम्म पुग्छ होला ।”

उहाँले प्रविधि र धैर्य भए परिवर्तन गर्न कठिन नहुने भन्दै सिक्नका लागि कुनै पनि कुरा सानो र ठुलो नहुने बताउनुभयो । नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “आविष्कार केन्द्र सम्पूर्ण होइन तर केही गर्छु भन्ने युवाका लागि प्रस्थान विन्दु भने पक्कै पनि हो ।”

अन्तरक्रिया कार्यक्रमका संयोजक लोकनाथ अधिकारीका अनुसार पुनले आफूले गरेका विभिन्न कामका बारेमा जानकारी गराउनुका साथै अनुभवहरु सुनाउनुभएको थियो ।

अधिकारीका अनुसार त्यस अवसरमा कार्यक्रममा सहभागी नेपाली समुदायले केन्द्रका लागि केही आर्थिक सहयोगसमेत गरेका थिए । अधिकारीले भन्नुभयो, “विदेशमा रहेका नेपाली समुदाय माझ पुन जस्ता पात्रहरुको अनुभव र योजना सुन्दा धेरै नेपालीलाई स्वदेशमा नै केही गरौँ भन्ने आत्मविश्वास जाग्छ ।