२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री यादवद्धारा विद्युतलाईन भूमिगत गर्न अनुमति प्रदान,नागरिक खुशी



file
अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिनु भएपछि त्यहाँका नागरिकहरु खुशी भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईन अन्र्तगत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनु भएसँगै नागरिकरु खुशी भएका हुन । अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने भन्दै नागरिकहरु खुशी भएका हुन् । मन्त्री यादवले विद्युत प्रसारण लाईन भूमिगत ९अन्डरग्राउण्ड० गर्न अनुमति दिनुभएपछि वीरगञ्ज उद्योग वाणिज्य संघले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ ।

संघले मन्त्रालयमा आज पत्र पठाएर मन्त्री यादवलाई धन्यवाद समेत दिएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । विद्युत प्रसारण लाईनका विषयमा पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको संघका अध्यक्ष डा।सुवोधकुमार गुप्ताले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत हुने भएको छ, अब विद्युतका सबै समस्याहरु समाधान हुने छन् ।”

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाईनमा पटक पटक ट्रिपिङ् हुने, विद्युत लाईन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्या भएपछि मन्त्री यादवले उक्त क्षेत्रमा विद्युत प्रसारण लाईन भूमिगत ९अन्डरग्राउण्ड० गर्न अनुमति दिनुभएको थियो ।

विद्युत प्रसारणमा पटक पटक समस्या भएपछि त्यहाँँका उद्योग तथा नागरिकहरु वर्षौदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत प्रसारणलाईन भूमिगत ९अन्डरग्राउण्ड० गर्न अनुमति दिनु भएको उहाँको सचिवालयले जनाएको छ ।