६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७९ हुँदै



अ+ अ-

काठमाडौं । महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।
महासंघले यही भदौ २ गतेदेखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरुलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताउनु भयो । उहाँले मेलामा व्यवसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रुपमा लिएको बताउनु भयो । अध्यक्ष खत्रीले मेलामा सातै प्रदेशका महिला उद्यमीहरु सहभागी हुने बताउनु भयो ।

त्यस्तै, छैटौं अन्तरर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी संयोजक शोभा ज्ञवालीले मेलामा जिल्ला स्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरुले उत्पादन गरेका सामग्रीहरु स्टलमा राखिने बताउनु भयो । उहाँले मेलाले उद्यमी महिलाहरुको सीप र सिर्जनालाई अगाडि ल्याएर अन्तर्राष्ट्रिय बजारमा पहिचाउन पु¥याउने उदेश्य महासंघले लिएको छ । ज्ञवालीले मेलामा १०९ स्टलहरु राखिने बताउनु भयो । नेपाली महिला उद्यमी बाहेक भारत पाकिस्तान,बङ्गलादेशका महिला उद्यमी उत्कृष्ट उत्पादन किन्ने अवलोकन गर्न पाइने बताउनु भयो ।

उक्त मेलामा हस्तकलाका सामानहरुमा प्राकृतिक रेशाजन्य वस्तु,ढाका तथा घरबुनाका सामान,होत कागजका वस्तुहरु,पुष्प सामग्रीह,जडिबुटी,गरगहना र सजावटका सामानहरु प्रदर्शनीमा राखिनेछ ।