२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुन: मतदाता नामावली संकलन गर्न नागरिकता बिहिनको माग



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले पुन मतदाता नामवली संकलन गर्न माग गर्दे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापन पत्र बुझाउको छ । नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्ष ई इन्द्रजित साफी सहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको हुदाँ प्रमाणीकरण पछि लाखौ नागरिकले नागरिकता पाउने हुदाँ पुन मतदाता नामावली संकलन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा लाखौ नेपालीको मतदानको अधिकार सुनिश्चित गर्न पनि अनुरोध गरिएको छ । संघर्ष समितिले आजै नागरिकता विधेयक छिटो प्रमाणीकरण गरिदिन आग्रह गर्दे राष्ट्रपति कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको छ ।