८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा

सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर  घर  संरक्षणको पर्खाइमा
अ अ+ अ-

गलेश्वर। सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्याल ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरुका कारण अहिले पनि आकर्षक र मनमोहक देखिन्छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटको शिरानमा रहेको गौश्वार गाउँमा मल्लकालीन वास्तुकलाका एक सय वर्षभन्दा बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन् । २०४५ सालसम्म मल्ल वंशीय ठकुरीहरुको बाहुल्य बसोबास रहेको यस गाउँ विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि यहाँका ठकुरीहरु बसाइँसराइ गर्ने र सहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् ।

घरहरु जीर्ण अवस्थामा पुगेका भए पनि मर्मतसम्हार र सुरक्षाको विषयमा कसैले चासो नदेखाएको स्थानीयले बताएका छन् । ती घरहरुको पुरानै शैलीमा मर्मत गरी प्रचारप्रसार गर्ने हो भने बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा आउने धेरै पर्यटकहरु यहाँ पुग्न सक्ने सम्भावना देखिएको स्थानीयवासी समेत रहनुभएका बेनी – २ का वडासदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।

उहाँका अनुसार सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुँडालसमेत रहेका ती घरहरुमा आँखीझ्याल, फलाँटे ढोका रहेका छन् भने गारोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घरहरु गौश्वारा गाउँका अनमोल सम्पदा भएकाले पनि तिनको सुरक्षा र मर्मतसम्हारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार यी घर गौश्वाराका पहिचान भएका र यिनलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटकलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ । यी घरहरुको इतिहास मल्ल वंशीय राजखलक र राणा खलकसँग जोडिएको छ । तत्कालीन मल्ल ठकुरीहरु जुम्लाको सिञ्जा उपत्यकाबाट बसाइँ सरी यहाँ आएको मानिन्छ । यहाँ आएपछि काठमाडौँमा रहेका मल्ल र राणाहरुसँग यहाँका ठकुरीहरुको वैवाहिक सम्बन्ध गाँसिएको थियो ।

त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै यताको उता र उताको यता भएकाले यहाँ तत्कालीन समयमा बन्ने घरहरुभन्दा मल्ल वंशीय ठकुरीहरुका घरहरु फरक शैलीमा निर्माण भएका मल्लले बताउनुभयो ।

त्यसैगरी चार पुस्तादेखि पुरानो घरमा नै बस्दै आएका परमेश्वरबम मल्लले यी घरहरुसँग आफ्नो पुर्खाको पुरुषार्थ र पहिचानसँग जोडिएकाले अझसम्म पनि सुरक्षित राखिएको प्रतिक्रिया दिनुभयो । “कतिपय भाइबन्धुहरु काठमाडौँ, चितवन, पोखरा लगायतका सहरहरुमा गइसके तर म भने पुर्खाको विरासतलाई संरक्षण गरेर बसेको छु”, उहाँले भन्नुभयो, “घरका दारपात, झ्यालढोका, ढुङ्गा आदिमा हाम्रा पुर्खाको पसिनाको गन्ध र तत्कालीन काष्ठ कलाको आनन्द मिसिएको छ ।”

ढुङ्गाले छाएका, कौसीसहितका तीनतले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन् । गौश्वारा गाउँमा अहिलेसम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुई घरमा मात्रै बसोबास रहेको छ भने तीन घर जीर्ण अवस्थामा छन् । ऐतिहासिक महत्व र राणाकालीन विरासतले युक्त घरहरुको मर्मत र संरक्षण आवश्यक देखिएको छ । यस्ता पुरानो कला र सामग्रीहरुले निर्माण गरिएका घरहरु जिल्लामा अत्यन्त थोरै रहेका र यी घरहरुले भावी पुस्तालाई आफ्ना पूर्वजहरुको वास्तविकता र तत्कालीन समयको कला, संस्कृति र आवासीय पद्धतिलाई पनि बुझाउन सहयोग पुग्ने कला संस्कृतिका अभियन्ता प्रकाश श्रेष्ठले बताउनुभयो । रासस